डिपिएल-३: दिपेन्द्रको अलराउण्ड प्रदर्शनमा अत्तरियाको लगातार दोश्रो जित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करणको चौथो दिनको पहिलो खेलमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ। यो सँगै रुपन्देहीले तेस्रो खेलमा पहिलो हार व्यहोर्यो भने अत्तरियाले दोश्रो खेलमा लगातार दुई जित निकालेको छ।

अत्तरियाले दिएको १२२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले बनाउन सक्यो अन्तिम बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो।

माथिल्लोक्रम का ब्याट्सम्यान सस्तैमा आउट भएपछी ४७/८ को अवस्थामा रहेको रुपन्देहीको लागि बिक्रम सोब र सुमित महर्जनले २७ रनको साझेदारी गरे। सोबले १४ रन र महर्जनले २२ बलमा अविजित २२ रन बनाए।

ओपनरद्वय प्रदीप ऐरी र सन्दिप सुनारले क्रमश: १४ रन र १५ रन प्रहार गरे। त्यसपछि बाबर हयात र पुनित मेहरा शुन्य रन तथा भिम शार्की र बसन्त रेग्मी समान १/१ रन, कृष्ण कार्की २ रनमा पेभेलियन फर्किए। ललित भण्डारी अन्तिम बलमा १ रनमा रन आउट भए।

किफायती बलिंग गरेको अत्तरियाको लागि दिपेन्द्र रावतले २ विकेट लिन ९ रन खर्चे। त्यस्तै भुवन कार्कीले १० रन, दिपेन्द्र ऐरीले १३ रन, सन्नी पटेलले १८ रन खर्चिएर समान २/२ विकेट लिए। १ विकेट कमल ऐरीको नाममा रह्यो।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रनको योगफल तयार पार्यो। उसका लागि कप्तान ऐरीले ६७ रनको महत्त्वपूर्ण पारि खेले। १० चौका र १ छक्का सहित ५० बलको सामना गर्दा ऐरीले रित गौतमसँग ५७ रन तथा सन्नी पटेलसँग २६ रनको साझेदारी गरे। रित गौतमले रन आउट हुनुअघि १२ रन बनाएका थिए।

सुरुवाती २ विकेट मात्र १६ रनको योगफलमा गुमाएको अत्तरियाको लागि दिपेन्द्र ऐरीको ब्याटिंग महत्त्वपूर्ण रह्यो। कोल्सावाला १ रन र सुबेन्दु पाण्डे १२ रनमा आउट भए। सन्दिप जोरा २ रन र भुवन कार्की शुन्य बनाए।

सन्नी पटेलले पनि पछिल्लो खेलको प्रदर्शन दोहोर्याउन नसक्दा १४ बलमा १२ रन मात्र बनाउन सके। जितेन्द्र ठकुरी ३ रन र रामनरेश गिरि गोल्डेन डक हुँदा कमल सिंह ऐरी २ रन र दिपेन्द्र रावत शुन्यमा अविजित रहे।

बलिंगतर्फ ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। यस्तै बिक्रम सोबले ३ ओभरमा ११ रन खर्चेर जयकिशन कोल्सवाला र सुबेन्दु पाण्डेलाई आउट गरे।

 





थप समाचार

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]