डिपिएल-३: दिपेन्द्रको उत्कृस्ट ब्याटिंग, रुपन्देहीलाई १२२ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करणको चौथो दिनको पहिलो खेलमा दिपेन्द्र ऐरीले उत्कृस्ट ब्याटिंग प्रदर्शन गरेपछि सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रनको योगफल तयार पार्यो। उसका लागि कप्तान ऐरीले ६७ रनको महत्त्वपूर्ण पारि खेले। १० चौका र १ छक्का सहित ५० बलको सामना गर्दा ऐरीले रित गौतमसँग ५७ रन तथा सन्नी पटेलसँग २६ रनको साझेदारी गरे। रित गौतमले रन आउट हुनुअघि १२ रन बनाएका थिए।

सुरुवाती २ विकेट मात्र १६ रनको योगफलमा गुमाएको अत्तरियाको लागि दिपेन्द्र ऐरीको ब्याटिंग महत्त्वपूर्ण रह्यो। कोल्सावाला १ रन र सुबेन्दु पाण्डे १२ रनमा आउट भए। सन्दिप जोरा २ रन र भुवन कार्की शुन्य बनाए।

सन्नी पटेलले पनि पछिल्लो खेलको प्रदर्शन दोहोर्याउन नसक्दा १४ बलमा १२ रन मात्र बनाउन सके। जितेन्द्र ठकुरी ३ रन र रामनरेश गिरि गोल्डेन डक हुँदा कमल सिंह ऐरी २ रन र दिपेन्द्र रावत शुन्यमा अविजित रहे।

बलिंगतर्फ ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। यस्तै बिक्रम सोबले ३ ओभरमा ११ रन खर्चेर जयकिशन कोल्सवाला र सुबेन्दु पाण्डेलाई आउट गरे।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]