डिपिएल-३: दिपेन्द्रको उत्कृस्ट ब्याटिंग, रुपन्देहीलाई १२२ रनको लक्ष्य

२०७५ फाल्गुन २, बिहीबार १०:४९

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करणको चौथो दिनको पहिलो खेलमा दिपेन्द्र ऐरीले उत्कृस्ट ब्याटिंग प्रदर्शन गरेपछि सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रनको योगफल तयार पार्यो। उसका लागि कप्तान ऐरीले ६७ रनको महत्त्वपूर्ण पारि खेले। १० चौका र १ छक्का सहित ५० बलको सामना गर्दा ऐरीले रित गौतमसँग ५७ रन तथा सन्नी पटेलसँग २६ रनको साझेदारी गरे। रित गौतमले रन आउट हुनुअघि १२ रन बनाएका थिए।

सुरुवाती २ विकेट मात्र १६ रनको योगफलमा गुमाएको अत्तरियाको लागि दिपेन्द्र ऐरीको ब्याटिंग महत्त्वपूर्ण रह्यो। कोल्सावाला १ रन र सुबेन्दु पाण्डे १२ रनमा आउट भए। सन्दिप जोरा २ रन र भुवन कार्की शुन्य बनाए।

सन्नी पटेलले पनि पछिल्लो खेलको प्रदर्शन दोहोर्याउन नसक्दा १४ बलमा १२ रन मात्र बनाउन सके। जितेन्द्र ठकुरी ३ रन र रामनरेश गिरि गोल्डेन डक हुँदा कमल सिंह ऐरी २ रन र दिपेन्द्र रावत शुन्यमा अविजित रहे।

बलिंगतर्फ ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। यस्तै बिक्रम सोबले ३ ओभरमा ११ रन खर्चेर जयकिशन कोल्सवाला र सुबेन्दु पाण्डेलाई आउट गरे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy