क्वालिफायर प्रवेशको लागि रुपन्देहीलाई महेन्द्रनगरको ११६ रनको लक्ष्य

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत ईलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाइ ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११५ रनको योगफल तयार पारेको छ।

जारि खेल जित्ने टिमले शुक्रबार हुने दोश्रो क्वालिफायर खेलमा पहिलो क्वालिफायरमा पराजित भएको काठमाडौं गोल्डेन्सको सामना गर्नेछ। सिवाइसी अत्तरिया भने पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रबेश गरिसकेको छ। फाइनल खेल फाल्गुन ११ गते शनिबार हुनेछ।

|| स्कोरकार्ड ||

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको महेन्द्रनगरले खराब सुरुवात गरेको थियो। उसले पारीको पहिलो बलमा नै दिलिप नाथलाई गुमाएको हो। त्यसपछि आएका मोहम्मद नावेदले आफ्नो पहिलो तथा पारीको दोश्रो बलमा नै छक्का प्रहार गरेका थिए।

दोश्रो विकेटको लागि नावेद र सुब्रमन्यम आनन्दले २४ रनको साझेदारी गर्नेक्रममा नावेदले बिक्रम सोब र ललित भण्डारीलाई १/१ छक्का तथा आनन्दले भण्डारीलाई १ चौका प्रहार गरे। नावेद बसन्त रेग्मीको बलमा १८ रन बनाएर आउट भए।

त्यसपछि आनन्दले अर्को ओभरमा पुनित मेहरालाई १५ रन प्रहार गरे भने बसन्त रेग्मीको दोश्रो ओभरमा आनन्द पनि २० रन बनाएर आउट भए। बसन्त रेग्मीले दुई विकेट मेडन ओभरमा नावेद र आनन्दलाई आउट गरे।

साझेदारी बनाउने प्रयास गर्दै गर्दा पुनित मेहराले एकै ओभरमा ३ विकेट झारे। एघारौँ ओभरमा आरिफ शेख (११ रन), रोहित पौडेल (२ रन) र सिद्धान्त लोहनी (शुन्य) आउट भए।

एघार ओभरको समाप्तीमा ६१/६ को अवस्थामा रहेको महेन्द्रनगरलाई अमरसिंह रौटेला र शरद भेसावकरले ३९ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन बनाए। रौटेला १ चौका र १ छक्का सहित १९ रन बनाएर आउट भए। त्यसको २ बल पछी अभिनास बोहराले अपर-कट चौका हानेका थिए।

बोहराले अन्तिम ओभरको चौथो बलमा चौका हाने भने पाचौं तथा छैठौं बलमा क्रमश: अभिनास बोहरा (११ रन, ५ बल, २ चौका)  र शाहब आलम (शुन्य) बोल्ड भए।

कप्तान शरद भेसावकर २९ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका प्रहार गरे।

बलिंगतर्फ ललित भण्डारीले ४ विकेट (४-०-२८-४), पुनित मेहराले ३ विकेट (४-०-२६-३) र बसन्त रेग्मीले २ विकेट (४-२-७-२) लिए।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]