डिपिएलमा राम्रो खेल्ने १४ युवा खेलाडी दक्षिण अफ्रीका जाने

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा उत्कृस्ट प्रदर्शन गर्ने १४ जना यु-१९ खेलाडीहरुले दक्षिण अफ्रिकामा भ्रमण गर्ने अवसर पाउने भएका छन्।

आयोजक धनगढी क्रिकेट एकेडमीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी सम्मलित टिम डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमण गर्ने जानकारी दिएको हो।

डिपिएलले स्पोर्ट्स एडसँगको सहकार्यमा डिपिएल इमार्जिंग स्टार्स नाम दिएको कार्यक्रममा १४ जना खेलाडीलाई दक्षिण अफ्रिकाको भ्रमण गराउने जनाएको छ। कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा खेलाडीसँग कुनैपनि पैसा नउठाउने र सम्पूर्ण खर्च आयोजक डिपिएलले गर्ने डिसिएका अध्यक्ष सुबास शाहीले बताए।

डीपीएल इमर्जिङ स्टार्सले दशैँपछि दुई साताको लागि दक्षिण अफ्रीकाको भ्रमण गर्नेछ। डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र २ दिवसिय क्रिकेट खेल्नेछ । दक्षिण अफ्रिका भ्रमणको लागि आगामी आईतबार ईमर्जिङ स्टार्स टोलीको घोषणा गरिने आयोजकले जनाएको छ।

खेलाडीको प्रदर्शन र उमेर हेरेर टोलीको छनोट गरिने भएको छ । आगामी यु१९ विश्वकप दक्षिण अफ्रिकामा नै हुन लागेको ले युवा खेलाडीहरुलाई यू–१९ विश्वकप क्रिकेटको तयारी समेत हुन सक्ने स्पोर्ट्स एडका प्रमुख अविशेक केसीले बताए ।

डिपिएलको तेस्रो संस्करणमा दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर जोण्टी रोड्स सिवाइसी अत्तरियाका मेन्टर तथा प्रतियोगिताका सद्भावना दूत रहेका छन्। यस्तै दक्षिण अफिकाकै क्रिकेटर तथा यसअघि अफगानिस्तान र वेस्ट इन्डिजको फिल्डिंग प्रशिक्षकको भूमिका निर्वाह गरेका रायन मेरोन अत्तरियाका प्रशिक्षक हुन्।

(फिचर फोटो: फाइल)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy