डीपीएलको राइजिङ स्टार टिम घोषणा, दक्षिण अफ्रिका भ्रमणमा जाने

धनगढी क्रिकेट एकेडेमीले धनगढी प्रिमियर लिगको तेस्रो संस्करण (डीपीएल-३) मा सहभागी १९ वर्ष मुनिका खेलाडीहरु सम्मिलित ‘डीपीएल राईजिङ स्टार टिम’ घोषणा गरेको छ।

एकेडेमीले प्रतियोगिता सकिएपछि सोमबार दक्षिण अफ्रिका भ्रमणमा जाने १९ वर्षमुनिका १५ जना खेलाडीहरुको नाम घोषणा गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी सम्मलित १५ जनाको टीम घोषणा गरिएको एकेडमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए।

डीपीएल राईजिङ स्टारको टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका युवा खेलाडीहरु रोहितकुमार पौडेल, पवन सर्राफ र सन्दीप जोरा छन्।

यस्तै राष्ट्रिय टिममा परेका भिम शार्की पछि छन्। राइजिङ टिममा उपाधि जितेको अत्तरियाबाट सन्दिप जोरासँगै दिपेन्द्र रावत, कमल सिंह ऐरी, रित गौतम, आदिल अन्सारी र खगेन्द्र जोशी गरी सर्वाधिक ६ खेलाडी छन्।

यसबाहेक कुशल मल्ल, तिर्थराज दास, सुवाश ऐर, सुशिल खड्का, रशिद खान, कृष्ण ऐर छन्।

डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्य तथा जोन्टी रोड्स र रायन मेरोनको पहलमा डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको दुई साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडीहरु छनोट गरिएका हुन्। डीपीएल राईजिङ स्टारको टोली आगामी दशैंपछि दक्षिण अफ्रिकाको भ्रमणमा जानेछ।

कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ। १४ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएलले व्यहोर्ने एकेडमीका अध्यक्ष शाहीले बताए। डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र २ दिवसिय क्रिकेट खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy