उपाधीको लागि महेन्द्रनगरद्वारा अत्तरियालाई १२४ रनको लक्ष्य

धनगढी, फाल्गुन ११ | तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीको दर्शकले खचाखच भरिएको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको छ।

महेन्द्रनगरको योगफललाई सम्मानजनक बनाउनको लागि कुशल मल्ल र दिलिप नाथले पाचौं विकेटको लागि ५१ रनको साझेदारी गरेका थिए। उक्त साझेदारीमा ५ चौका र २ छक्का प्रहार भएका थिए। कुशल मल्ल २५ रन (२२ बल, १ चौका, २ छक्का) बनाएर ९३ रनको योगफलमा र दिलिप नाथ ४३ रन (४१ बल, ५ चौका, १ छक्का) बनाएर ९७ रनको योगफलमा एक ओभरको अन्तरालमा आउट भए।

Dilip Nath batting

त्यसपछि आएका अमरसिंह रौटेला ११ बलको सामना गर्दै १ रनमा तथा अभिनास बोहरा कुनैपनि बलको सामना नगरी आउट भए।

नबौं विकेटको रुपमा ११९ रनको योगफलमा शाहब आलम र पारीको अन्तिम बलमा १२३ रनको योगफलमा दशौँ विकेटको रुपमा रोहित पौडेल २४ रन बनाएर आउट भए।

यसअघि पहिलो ७ बलमा नै ११ रन बनाएको महेन्द्रनगरका नाविद (१० रन, ५ बल, १ छक्का, १ चौका) आठौँ बलमा तथा १४ रनको योगफलमा सुब्रमन्यम आनन्द (२ रन, २ बल) रन आउट भए।

तेस्रो विकेटको लागि आरिफ शेखले आउट हुनुअघि ११ रन बनाउँदै दिलिप नाथसँग २७ रनको साझेदारी गरे। आरिफले १७ बलमा १ चौका हाने। त्यसपछि कप्तान शरद भेसावाकर आफुले सामना गरेको पहिलो बलमा रन लिन खोज्दा रन आउट भएका थिए।

बलिंगतर्फ दिपेन्द्र ऐरी (४-०-२४-२) र दिपेन्द्र रावत (२-०-११-२) ले समान २/२ विकेट लिँदा सन्नी पटेल (४-१-११-१) ले १ विकेट लिए। ५ खेलाडी रन आउट भए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy