उपाधीको लागि महेन्द्रनगरद्वारा अत्तरियालाई १२४ रनको लक्ष्य

धनगढी, फाल्गुन ११ | तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीको दर्शकले खचाखच भरिएको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको छ।

महेन्द्रनगरको योगफललाई सम्मानजनक बनाउनको लागि कुशल मल्ल र दिलिप नाथले पाचौं विकेटको लागि ५१ रनको साझेदारी गरेका थिए। उक्त साझेदारीमा ५ चौका र २ छक्का प्रहार भएका थिए। कुशल मल्ल २५ रन (२२ बल, १ चौका, २ छक्का) बनाएर ९३ रनको योगफलमा र दिलिप नाथ ४३ रन (४१ बल, ५ चौका, १ छक्का) बनाएर ९७ रनको योगफलमा एक ओभरको अन्तरालमा आउट भए।

Dilip Nath batting

त्यसपछि आएका अमरसिंह रौटेला ११ बलको सामना गर्दै १ रनमा तथा अभिनास बोहरा कुनैपनि बलको सामना नगरी आउट भए।

नबौं विकेटको रुपमा ११९ रनको योगफलमा शाहब आलम र पारीको अन्तिम बलमा १२३ रनको योगफलमा दशौँ विकेटको रुपमा रोहित पौडेल २४ रन बनाएर आउट भए।

यसअघि पहिलो ७ बलमा नै ११ रन बनाएको महेन्द्रनगरका नाविद (१० रन, ५ बल, १ छक्का, १ चौका) आठौँ बलमा तथा १४ रनको योगफलमा सुब्रमन्यम आनन्द (२ रन, २ बल) रन आउट भए।

तेस्रो विकेटको लागि आरिफ शेखले आउट हुनुअघि ११ रन बनाउँदै दिलिप नाथसँग २७ रनको साझेदारी गरे। आरिफले १७ बलमा १ चौका हाने। त्यसपछि कप्तान शरद भेसावाकर आफुले सामना गरेको पहिलो बलमा रन लिन खोज्दा रन आउट भएका थिए।

बलिंगतर्फ दिपेन्द्र ऐरी (४-०-२४-२) र दिपेन्द्र रावत (२-०-११-२) ले समान २/२ विकेट लिँदा सन्नी पटेल (४-१-११-१) ले १ विकेट लिए। ५ खेलाडी रन आउट भए।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]