- विकेटनेपाल, १२ चैत
पुर्व राष्ट्रिय क्रिकेटर डा. मनिष राज पाण्डे क्रिकेट खेलाडी संघको अध्यक्ष चुनिएका छन्। पाण्डे १९९६ मा नेपाली राष्ट्रिय टिमले एसीसी ट्रफी खेल्दा नेपाली टिमको सदस्य रहेका थिए र ओपनिंग ब्याटिंग गरेका थिए।

राजधानीमा आइतबार सम्पन्न क्रिकेट खेलाडी संघको तेस्रो साधारणसभाले पाण्डेलाई अध्यक्ष तथा राष्ट्रिय टिमका पुर्व कप्तान राजु खड्कालाई उपाध्यक्ष चयन गरेको छ। उपाध्यक्ष पदमै राष्ट्रिय महिला क्रिकेट टिमकी क्रिकेटर सिता राना मगर समेत चयन भएकी छिन्। संघले १२ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो। यस अघि संघको अध्यक्षमा राष्ट्रिय टिमका पुर्व कप्तान पवन अग्रवाल रहेका थिए।
नयाँ कार्यसमितिमा महासचिव राष्ट्रिय टिम कप्तान पारस खड्का रहेका छन् भने सचिबमा राजु बस्नेत, कोषाध्यक्षमा पृथु बास्कोटा चयन भएका छन्। सदस्यहरुमा बसन्त शाही, दिपेन्द्र चौधरी, सुबास खकुरेल, सोमपाल कामि र करुणा भण्डारी छन्।
१. मनिष राज पाण्डे – अध्यक्ष
२. पवन अग्रवाल – निवर्तमान अध्यक्ष
३. राजु खड्का – उपाध्यक्ष
४. सिता राना मगर – उपाध्यक्ष
५. पारस खड्का – महासचिव
६. राजु खड्का – सचिब
७. पृथु बास्कोटा – कोषाध्यक्ष
८. बसन्त शाही – सदस्य
९. दिपेन्द्र चौधरी – सदस्य
१०. सुबास खकुरेल – सदस्य
११. सोमपाल कामि – सदस्य
१२. करुना भण्डारी – सदस्य