‘रुस्लान’ डिपिएल-३ को मुख्य प्रायोजक, १ करोड १० लाखमा सम्झौता

DPL Sponsorship Signing
  • विकेटनेपाल-३० कार्तिक, शुक्रवार

धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण यहि माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म आयोजना हुने भएको छ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा विजय डिस्टिलरीको रुस्लान क्रिकेट रहने छ। यस अघिको सिजनमा समेत रुस्लान डिपिएलको मुख्य प्रायोजक रहेको थियो। प्रायोजन बापत विजय डिस्टिलरीले आयोजकलाई १ करोड १० लाख बराबरको रकम बुझाउने छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा डिस्टिलरी र आयोजक बिचको सम्झौता नविकरण गरिएको हो।

सम्झौता पत्रमा रुस्लानको तर्फबाट चीफ फाइनान्स अफिसर सतीस कर्ण र धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुबास शाहीले शुक्रबार हस्ताक्षर गर्नुभयो।

नेपाली घरेलु क्रिकेटमा योनै सर्वाधिक प्रायोजन रकम समेत रहेको छ। यसअघिका अन्य प्रतियोगिताहरु एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगले भने प्रायोजन रकम सार्वजनिक गरेका थिएनन्।

DPL Sponser Signing
DPL Sponser Signing

राजधानीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबाश शाहीले प्रतियोगिताको तेस्रो संस्करणका बिषयमा जानकारी गराउनुभयो।

अघिल्लो संस्करणझैं यस बर्षपनि डिपिएलमा शहरका नाममा आधारित ६ टोलिलेनै सहभागिता जनाउनेछन्। प्रतियोगिताको पहिलो र दोस्रो संस्करणमा कंचनपुर आइकोनिक र महेन्द्रनगर युनाइटेड बाहेक अरु टोली यथावत रहेका थिए।

Team Chauraha Dhangadhi
Team Chauraha Dhangadhi

प्रतियोगिताको दुवै संस्करणको उपाधि टिम चौराहा धनगढीले हात पारेको थियो। पारस खड्काको कप्तानीमा पहिलो संस्करण तथा सोमपाल कामीको कप्तानीमा दोस्रो संस्करणमा चौराहाले उपाधि जितेको थियो।

आयोजकले तेस्रो संस्करणको डिपिएलको अनुमानित लागत ५ करोड रुपैयाँ रहने बताएको छ। प्रतियोगिताको बिजेताले दोस्रो संस्करणमा नगद २५ लाख प्राप्त गरेको थियो।

DPL Sponser Signing
DPL Sponser Signing

पहिलो पटक डिपिएल फाप्ला मैदानमा :

धनगढी प्रिमियर लिगका यस सिजनका खेलहरु ड्रिम फाप्ला मैदानमा खेलाइने भएको छ। यसअघिका दुई सिजन खेलिएको धनगढीको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई भने वैकल्पिक मैदानमा तयार पारिने समेत आयोजकले बताएको छ।

धनगढीमा अवस्थित ड्रिम फाप्ला क्रिकेट मैदानले अर्को ठूलो प्रतियोगिता आयोजना गर्ने मौका पाएको हो। निर्माण थालिएको केहि बर्ष बितेपनि पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदै फाप्ला मैदानमा साना ठूला प्रतियोगिता खेलाईंदै आएको छ।

सन् २०१४ मा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट समेत फाप्ला मैदानमा संचालन भएको थियो। यस्तै सन् २०७४ को प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत सोहि मैदानमा खेलाईएको थियो।

हरेक बर्ष धनगढी प्रिमियर लिगको टिकट बिक्रिबाट संकलित रकम फाप्ला मैदानको निर्माणमा प्रयोग हुँदै आएको छ। यसबर्ष समेत टिकट बिक्रिबाट संकलित २० प्रतिशत रकम फाप्ला मैदानमा प्रयोग गरिने आयोजकले बताएको छ। प्रतियोगिताका लागि आयोजकले लिग चरणमा    रु.५०, प्ले अफमा रु.७० र फाइनलमा रु. १०० को टिकट जारी गर्नेछ।

“अर्जुन खड्का स्मृति सम्मान र धनगढी क्रिकेट सम्मान” लाई निरन्तरता 

डिपिएलको दोस्रो सिजनबाट सुरुभएको अर्जुन खड्का स्मृति सम्मान र धनगढी क्रिकेट सम्मानलाई तेस्रो संस्करणमा समेत निरन्तरता दिइने भएको छ। “अर्जुन खड्का स्मृति सम्मान” पुरस्कार धनगढी क्रिकेट एकडेमीका करिब ३ वर्ष अगाडी निधन भएका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रदान गरिन्छभने “धनगढी क्रिकेट सम्मान” नेपालका पुर्व खेलाडीहरुलाई प्रदान गरिने सम्मान रहेको छ।

अघिल्लो बर्ष आयोजक धनगढी क्रिकेट एकेडेमीले अरुणकुमार अर्याललाई “अर्जुन खड्का स्मृति सम्मान” र राजु खड्कालाई “धनगढी क्रिकेट सम्मानित” विधाबाट सम्मानित गरेको थियो। दुबै समान १/१ लाख रुपैंया र ताम्रपात्रसहित सम्मानित भएका थिए।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]