आईपीएल फ्यानहरुलाई खुसिको खबर, पहिलो पटक हुनेछ यस्तो प्रयोग

२०७४ चैत्र ९, शुक्रबार ११:०२

  • विकेटनेपाल – ९ चैत, शुक्रबार

वर्तमान युगमा बिज्ञान र प्रविधिले गरेको बिकाससंगै हरेक क्षेत्रमा यसको प्रयोग अभिन्न बन्दै गएको छ। बिज्ञान प्रविधिकै प्रभावबाट आधुनिक क्रिकेटपनि अछुतो छैन। क्रिकेटमा प्रयोग भएको बिज्ञान र प्रविधिको एक नमुना हो डिसिजन रिभ्यू सिस्टम (डिआरएस)। डीआरएसको प्रयोग क्रिकेटमा सन् २००८ देखिहुँदै आएको भएपनि यो टेस्ट क्रिकेट र एक दिवसीय क्रिकेटमा मात्र सिमित थियो।

तर बिश्व चर्चित लिग आईपीएलले १० औं सिजन सकिंदा पनि यसको प्रयोग गरिएको थिएन। यो तथ्यलाई चिर्दै अब डीआरएसको प्रयोग विश्वकै सबैभन्दा ठुलो ब्यवसायीक क्रिकेट प्रतियोगिता आईपिएलमा समेत हुनेभएको छ। योसंगै आईपिएल डीआरएस प्रयोगमा ल्याउने दोस्रो टि-२० लिग समेत बनेको छ। यसअघि पाकिस्तान सुपर लिगमा भने यसको प्रयोग भएको थियो।

Photo – Cricbuzz

आईपिएल अध्यक्ष राजीव शुक्लाले बुधवार, आईपिएलको एघारौँ संस्करणमा डीआरएसको प्रयोग हुने पुष्टि गरेका छन्। यसअघि देखिनै डीआरएसको प्रयोग आईपिएलमा हुनुपर्ने भन्दै आवाज उठ्न थालेको थियो। भारतमा भने सन् २०१६ मा भएको इंग्ल्याण्ड बिरुद्दको टेस्ट शृंखलामा पहिलो पटक डीआरएसको प्रयोग गर्न बिसिसिआई सहमत भएको थियो। डीआरएसको प्रयोगका लागि पुर्व तयारी स्वरूप बिसिसिआईले १० जना घरेलु एम्पाएरहरुलाई आईसीसीका अम्पायर प्रशिक्षक डेनिस बर्न्स र एम्पाएर पौल राइफलबाट प्रशिक्षण गराएको थियो।

कसरी प्रयोग हुन्छ टि-२० मा डीआरएस ?

टेस्ट क्रिकेट र एक दिवसीय क्रिकेटमा झैं टि-२० क्रिकेटमा पनि डीआरएसको प्रयोग खेलको तहलाई माथि उठाउन प्रभावकारी बन्न सक्छ। टि-२० क्रिकेटमा प्रत्येक टोलिलाई एउटा डीआरएस लिने प्रावधान गरिएको हुन्छ। कुनैपनि टोलिले अम्पायरले दिएको निर्णयलाई चुनौती गर्दै डीआरएस प्रयोग गर्न पाउनेछन्। यदि त्यो चुनौती डीआरएस प्रयोग गर्ने टोलिको पक्षमा रहेमा भने सो टोलिले पुन: अर्को पटक डीआरएसको सहायता लिन पाउनेछन्। तर यदि डीआरएसको नतिजा चुनौती गर्ने टोलिको पक्षमा नरहेमा भने सो इनिंगमा फेरी अर्को पटक डीआरएसको प्रयोग गर्न पाउदैन।

धेरैले पढेको :-

आईपीएल २०१८ – कुन टिममा को-को छन् खेलाडी र कतिमा बिके ( सम्पूर्ण लिस्ट )

आईपीएल अक्सन : यी हुन् महँगोमा बिक्ने १० क्रिकेटरहरु

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy