मातृभूमि कप : कुमार कट्टेल ‘जिग्री’ को अल-राउण्ड प्रदर्शन, ज्ञानेन्द्रको टिमसंग पारसको टिम पराजित

  • विकेटनेपाल, चैत-३० 

धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्द्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणार्थ आयोजना गरेको “मातृभूमि कप” क्रिकेट शनिवार सम्पन्न भएको छ।

किर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पारस खड्का र ज्ञानेन्द्र मल्लको टिम तथा कलाकारहरुको टिमले प्रतिस्पर्धा गरेका थिए। खेलाडीहरुको टिम बीच प्रतिस्पर्धामा ज्ञानेन्द्र मल्ल कप्तानीको टिमले पारस खड्का कप्तानीको टिमलाई पराजित गर्यो भने कलाकारहरु बीचको प्रतिस्पर्धामा मदनकृष्ण श्रेष्ठ कप्तानीको टिमले सुनिल थापा कप्तानीको टिमलाई पराजित गर्यो।

गत हफ्ता शनिवार आयोजना गर्ने भनीएको खेल त्यस दिन वर्षको कारण सम्भव नभए पछि आज सारिएको थियो। तथापी खेल हेर्न दर्शकहरुको संख्या भने आशा गरे भन्दा निकै कम रह्यो।

पारसको टिम पराजित :- 

खेलमा टस जितेर ज्ञानेन्द्र मल्ल को टिम ‘बि’ ले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४४ रनको योगफल तयार गर्यो।

ओपनर प्रदिप ऐरिले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ५७ बलमा ३ चौका प्रहार गरे। बिनोद भण्डारीले ३० रन, राजु रिजालले २० रन, दिपेन्द्र ऐरिले १८ रन बनाए। करन केसीले खाता खोल्न सकेनन् भने ज्ञानेन्द्र मल्लले अविजित ४ रन तथा अरुण ऐरिले अविजित १ रन बनाए।

पहिलो विकेटको लागि प्रदिप र बिनोदले ६६ रनको साझेदारी गरेका थिए जसपछि टिम ‘बि’ ले निरन्तर अन्तरालमा विकेट गुमायो।

 

पारसको टिम ‘ए’ को लागि भुवन कार्कीले २ विकेट ( ४-०-२२-२ ) लिए भने सोमपाल कामि ( ३-०-१३-१ ) , शरद भेसावकर ( ४-०-२७-१ ) र अभिनाश बोहरा ( ३-०-१९-१ ) ले १/१ विकेट लिए।

१४५ रनको लक्ष्य पछयाउने क्रममा पारसको टिमले २० ओभर पुरै ब्याटिंग गरे पनि ७ विकेट गुमाएर १२० रन मात्रै बनाउन सक्यो।

ओप्न्नर अनिल साह र शरद भेसावकरले पहिलो विकेटको लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरे पनि त्यसपछि टिम ‘ए’ ले निरन्तर विकेट गुमाउन पुग्यो।

अनिलले ४१ रन बनाए जुन क्रममा २५ बलमा ७ चौका र १ छक्का प्रहार गरे भने शरदले २७ रन बनाउन २६ बलमा २ छक्का र १ चौका प्रहार गरे।

दुई ब्याट्सम्यान बाहेक पारस टिम ‘ए’ का अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Sharad Vesawkar

पारस खड्का ४ रन, सुमित महर्जन ७ रन, पृथु बास्कोटा ८ रन, सोमपाल कामि ४ रन, अमर सिंह रौटेला ७ रन बनाएर आउट भए। जितेन्द्र ठकुरी ५ र सोनु तामांग ८ रनमा अविजित रहे।

पारसको टिमलाई लक्ष्यसम्म पुग्न नदिन ज्ञानेन्द्र टिम ‘बि’ को लागि देब्रे हाते सुशन भारिले ४ विकेट ( ४-०-१८-४ ) लिए। करन केसी ( ३-०-३१-१ ) , दिपेन्द्र ऐरि ( ३-०-१८-१ ) र जितेन्द्र मुखिया ( ४-०-१५-१ ) ले १/१ विकेट लिए। बसन्त रेग्मीले २ ओभरमा ३ रन खर्चिए पनि विकेटविहिन रहे। 

खेलको प्लेयर अफ द म्याच र उत्कृस्ट बलर सुशन भारि घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान प्रदिप ऐरि घोषित भए।

कुमार कट्टेल ‘जिग्री’ को अल-राउण्ड प्रदर्शनमा , मदनकृष्ण टिमको जित  

चर्चित हाँस्य टेलीफिल्म भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्री’ को अलराउण्ड प्रदर्शन मदतले कलाकार बीच सम्पन्न टि-१० क्रिकेटमा कलाकार ‘ए’  मदनकृष्ण टिमले सुनिल थापा कप्तानीको कलाकार ‘बि’ टिमलाई पराजित गर्यो।

सुनिल थापा ( कलाकार बि )  टिमले टस जितेर फिल्डिंग रोजेपछि पहिले ब्याटिंग गरेको कलाकार ‘ए’ टिमले १० ओभरमा ५ विकेट गुमाएर ७६ रनको योगफल तयार गरेको थियो।

ओपनिङ्ग ब्याटिंग गरेका कुमार कट्टेल ‘जिग्री’ ले सर्वाधिक २९ रन बनाए जुन क्रममा २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। हेम राज बिसीले १९ रन, दिलिप ओखडाले ९ रन, कमल मैनालीले २,  अनमोल गुरुङले २ रन बनाए भने सन्तोष लामा खाता नखोली अविजित रहे।

बलिङ्ग तर्फ कलाकार ‘बि’ टिमको लागि माओत्से गुरुङ ( १-०-२-१ ) , शिशिर भण्डारी ( १-०-६-१ ) , मिन राज पोख्रेल ( १-०-१-१ ) र राजा राजेन्द्र ( १-०-६-१ ) ले १/१ विकेट लिए। निश्चल बस्नेतले २ ओभरमा १९ रन खर्च पनि विकेट लिन सकेनन्।

७७ रनको लक्ष्य पछ्याउने क्रममा सुनिल थापाको टिम ‘बि’ ले  १० ओभरमा ५ विकेट गुमाएर ७१ रन बनाउन सक्यो र ६ रनको हार बेहोर्यो।

Sunil Thapa

ओपनर बिरेन्द्र हमालले सर्वाधिक २० रन ( १६ बलमा २ चौका ) तथा निरञ्जन प्रधानले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्माले ५ रन, कपिलगिरिले ५ रन, निश्चल बसन्तले ३ रन, कबिर खड्काले ३ रन, मिन राज पौडेलले ६ रन बनाए भने सुनिल थापा र दयाहाङ्ग राई १/१ रन बनाएर अविजित रहे।

बलिङ्गतर्फ कुमार कट्टेल ‘जिग्री’ ( २-०-२४-१ ) , सुरेश न्यौपाने ( २-०-६-१ ) , दिलिप ओखडा ( २-०-११-१ ) , अनमोल गुरुङ ( २-०-१०-१ ) ले १/१ विकेट हात पारे। संयम पुरी ( १-०-९-० ) र हेम राज बिसी ( १-०-७-० ) विकेट विहिन रहे।

खेलको प्लेयर अफ द म्याच कुमार कट्टेल चुनिए।

( फोटोहरु – प्रविन रानाभाट, पहिलोपोस्ट )





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]