वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।
कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।
आजको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।
सम्बन्धित :-
महायज्ञबाट संकलित रकम धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण
यो पनि पढ्नुस :-
म्याक्सवेल र केरी चम्किदा सनसनीपूर्ण खेल जित्दै अस्ट्रेलियाले जित्यो सिरिज
IPL : युएईको पिच र दिल्ली टिमबारे के भन्छन् भेट्रान लेग स्पिनर मिश्रा
गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’
IPL : स्टोक्स खेल्छन् कि खेल्दैनन् ? यसो भन्छन् राजस्थानका प्रशिक्षक
