धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई, दीपक सर्वोत्कृष्ट

क्लब स्तरीय टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाखमा चित्त बुझायो ।

कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो । उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले महत्त्वपूर्ण ४ विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान २/२ तथा राहुल भण्डारी र विकास आग्रीले समान १/१ विकेट लिए ।

त्यस अघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । उसका राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३/१३ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका कृष्ण कार्कीले ३, दीपक बोहरा र कुशल रुपाखेतीले २/२ तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान १/१ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दी म्याच सन्तोष भट्ट घोषित भए ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रीकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित भएका धनगढी क्रीकेट एकेडेमीका हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडी समेत बन्न सफल भए । उनीहरूले जनही ७ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेताहरूलाई एक समारोहकाबिच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, होटेल डीभोटीका जनरल म्यानेजर हरिस भण्डारी, आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि. का अध्यक्ष रामचन्द्र शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।

फागुन ६ गतेबाट सुरु भएको टी–२० क्लब क्रीकेट प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी सहभागिता जनाएका थिए ।

प्रतियोगिताका प्रायोजकहरूमा सपोर्टेड वाइ लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली, हस्पिटालिटी पार्टनर होटेल डिभोटी धनगढी कैलाली, मोबाइल पार्टनर भीभो मोबाइल, पब्लिकेशन पार्टनर ओसन पब्लिकेशन प्रा.लि. काठमाण्डौं, हायर एजुकेसन पार्टनर द टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाण्डौं, डेब्लभमेन्ट पार्टनर वर्ल्ड भिजन इन्टरनेस्नल (नेपाली जुटौँ बाल विवाह रोकौँ) र बाल कल्याण सङ्घ कैलाली, डिजिटल लर्निङ पार्टनर निमा एकेडेमी काठमाण्डौं, हस्पिटल पार्टनर नवजीवन अस्पताल धनगढी कैलाली, अब्रोड स्टडी पार्टनर एक्सपर्ट एजुकेसन भिजा सर्भिसेज धनगढी कैलाली, स्टेशनरी पार्टनर दहाल पुस्तक पसल, इन्टरनेट पार्टनर भायानेट धनगढी कैलाली, स्कुल युनिफर्म पार्टनर चौलानी स्कुल युनिफर्म धनगढी कैलाली, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, वेभरेज पार्टनर ३६५ डेज भोड्का र सह प्रायोजक चैतन्य पाठशाला धनगढी कैलाली रहेका थिए ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]