डीएसएल : दाङको देउखुरी वारियर्स र कैलाली जिल्ला क्रीकेट क्लब विजयी

कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लब र कैलाली जिल्ला क्रीकेट क्लब विजयी भएका छन् । मङ्गलवार सम्पन्न पहिलो खेलमा बझाङको बुङगल क्रीकेट क्लबलाई १८ रनले पराजित गर्दै दाङको देउखुरी वारियर्स क्रीकेट क्लबले पहिलो खेलमै जित निकालेको हो । मौसमको खराबीका कारण १२ ओभरमा छोटाइएको खेलमा देउखुरी विजयी भयो ।

धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देउखुरीले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको बुङगलले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । उसका लोकेन्द्र चन्दले ३५ र प्रकाश पाण्डेयले ३४ रन बनाए । बलिङ तर्फ देउखुरीका दिनेश अधिकारीले ३ र नारायण जोशीले २ विकेट लिए ।

त्यस अघि देउखुरीका लागि प्रज्वल थापाले ३४, सुमित श्रेष्ठले अविजित २३, नारायण जोशीले २३ र विराट भण्डारीले २१ रन बनाए । बलिङ तर्फ बुङगलका मिलन बोहरा र अशोक धामीले समान २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिनेश चुनिए ।

मङ्गलवारको दोस्रो खेलमा धनगढी क्रीकेट एकेडेमीलाई १६ रनले पराजित गर्दै कैलाली जिल्ला क्रीकेट क्लब विजयी भयो । टस जितेर ब्याटिङ थालेको कैलाली जिल्ला क्रीकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । १ सय ३४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढी क्रीकेट एकेडेमीले १८.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १७ रन मात्रै बनाउन सक्यो । उसका कप्तान राजु रिजालले ३३ बलमा ४ छक्का र ३ चौकासहित ५१ रन बनाए । सुवास ऐरले २९ र खगेन्द्र जोशीले १४ रन बनाए । बलिङ तर्फ कैलाली जिल्ला क्रीकेट क्लबका वीरेन्द्र नाथले ३, कप्तान शेर मल्ल, श्याम सुन्दर साउद र नरेन साउँदले समान २÷२ विकेट लिए ।

त्यस अघि कैलाली जिल्ला क्रीकेट क्लबका लागि अर्जुन साउदले अविजित ३३, राजन सिंहले २७, दिनेश ओडले १९ र वीरेन्द्र नाथले १४ रन बनाए । बलिङ तर्फ डीसीएका भोजराज भट्ट, हिकमत महरा र अरुण ऐरीले समान २/२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच वीरेन्द्र नाथ चुनिए ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा जारी प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]