धनगढी सुपर लिगको सह-प्रायोजकमा भिभो

बैशाखको दोश्रो साता कैलालीको धनगढीमा आयोजना हुने धनगढी सुपर लिग ( डीएसएल टि-२० ) को सह प्रायोजन ‘भिभो’ ले गर्ने भएको छ।

सोमबार आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका निर्देशक रामचन्द्र शाही र भिभोका सेल्स असिस्टेन्ट म्यानेजर नविन वज्राचार्यले हस्ताक्षर गरेका हुन्।

धनगढी सुपर लिगमा कैलाली लगायत देश भरका सात टिमहरुको सहभागिता रहनेछ। करिब दुई साता चल्ने प्रतियोगिता राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ।  प्रतियोगिता बारे अन्य घोषणाहरु छिट्टै गरिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy