फिल्डिंगको क्रममा टाउको ठोकिंदा डु प्लेसी अस्पताल भर्ना

२०७८ जेष्ठ ३०, आईतवार ११:०८

युएईमा जारि पाकिस्तान सुपर लिगको लगातार दोश्रो दिन ठूलो दुर्घटना भएको छ।

शुक्रबार क्वेटा ग्ल्याडीएटर्सका ब्याट्सम्यान आन्द्रे रसेलको टाउकोमा चोट लागेको थियो जसपछि उनलाई स्ट्रेचरमा राखेर अस्पताल लागिएको थियो। शनिवार खेलिएको अर्को खेलमा क्वेटाकै फाफ डु प्लेसिस घाइते भएका छन्। दुई दिनको अन्तरलमा क्वेटालाई दोश्रो झट्का लागेको हो।

दक्षिण अफ्रीकाका पूर्वकप्तान डु प्लेसिस पेशावर जल्मी बिरुद्ध खेलमा फिल्डिंग गर्ने क्रममा घाइते भएका हुन्। डु प्लेसिस साथि खेलाडी मोहम्मद हसनैसंग ठोकिएका थिए। इनिंग्सको सातौं ओभरमा दुवै खेलाडी बाउन्ड्री रोक्ने कोशिश गर्ने डु प्लेसीस लंग-अन र हसनैन लंगअफबाट दोगुर्दै एकअर्कासंग ठोकिन पुगेका थिए। डु प्लेसीको टाउको हसनैनको खुट्टामा जोडले ठोकिन पुगेको थियो जसपछि उनि मैदानमा केहि बेर ढल्न पुगेका थिए।

केहि मिनेट मैदानमा ढलेपछि उनको जांच मैदानमा फिजियोले गरेका थिए। त्यसपछि डु प्लेसीलाई हिनाउदै मैदान बाहिर डगआउटमा लगिएको थियो जसपछि कनकसन टेस्ट गर्न अस्पताल लागिएको थियो। उनको स्थान ब्याटिंग गर्ने क्रममा सैम अयुबले लिएका थिए।


डु प्लेसीको टाउकोको कनकसन टेस्ट गरेपछि उनको अवस्था बारे जानकारी आउनेछ। क्वेटाले आगामी खेल मंगलबार लाहोर कलन्दर्स बिरुद्ध खेल्ने तालिका रहेको छ।

रसेल पनि घाइते 

अघिल्लो दिन आन्द्रे रसेल पनि इश्लामावाद युनाइटेड बिरुद्ध ब्याटिंग गर्ने क्रममा मोहम्मद मुसाले गरेको बल टाउकोमा लागेपछि मैदानबाट बाहिरिएका थिए। क्वेटाले ब्याटिंग गर्दै गर्दा १४ औं ओभरमा मुसाले गरेको बाउन्सर रसेल पढ्न चुकेका थिए। बलले रासेलको हेल्मेटमा लागेको थियो जसपछि पनि ब्याटिंग जारि राखेका थिए। तर अर्को बलमै रसेल आउट भएपछि स्ट्रेचरमा राखेर मैदान बाहिर लागिएको थियो। रसेल घाइते हुँदा उनलाई फास्ट बलर नसिम शाहले प्रतिस्थापन गरेका थिए। शनिवारको जामि बिरुद्ध खेल्न रसेल खेल्नको लागि उपलब्ध थिएनन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy