दुर्गा सेनको बलिंगमा प्रोफेसनल मास्टर्स-११ बिजयी

फोटो फिचर : दुर्गा सेन (प्रोफेसनल मास्टर्स – ११ क्रिकेट क्लब, भैरहवा )

  • विकेटनेपाल – ८ फाल्गुन, मंगलवार

रुपन्देहीमा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेटमा प्रोफेसनल मास्टर्स – ११ क्रिकेट क्लब, भैरहवाले जित हात पारेको छ। मंगलवार भएको खेलमा जित दर्ता गरेसंगै प्रोफेसनल मास्टर्स-११ क्रिकेट क्लब डिभिजन “ए” मा प्रवेश गरेको छ।

भैरहवा स्थित सिद्धार्थ रंगशालामा मंगलवार भएको खेलमा प्रोफेसनल मास्टर्स – ११ क्रिकेट क्लवले जेजेसिए जवही क्रिकेट क्लबलाई १५ रनको झिनो अन्तरले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै प्रोफेसनल मास्टर्सले दिएको १२८ रनको सामान्य लक्ष्य पिछा गर्न मैदान उत्रिएको जेजेसिए जवहीले २२.३ ओभरमा ११२ रन बनाउंदा अल आउट हुन पुग्यो। जेजेसिएको चेजमा अनिल रायमाझीले ४४, सन्दिप सुनारले २३ तथा कमल ऐरीले १५ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन।

प्रोफेसनल मास्टर्स-११ को बलिंग तर्फ म्यान अफ दि म्याच दुर्गा सेन एक्लैले ५ विकेट लिए। यस्तै बले ठकुरी र शैलेश श्रीवास्तभको नाममा समान २-२ विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिदै ब्याटिंग मा उत्रिएको प्रोफेसनल मास्टर्स-११ क्रिकेट क्लबले ४० ओभरको खेलमा २४.२ ओभर मात्र खेल्दा सबै विकेट गुमाएर १२७ रन मात्र जोड्न सकेको थियो। उसका मोहम्मद इब्राइनले २५, बादल छन्त्यालले २१ र आदित्य त्रिपाठीले १५ रनको योग्दान गरेका थिए।

प्रोफेसनल मास्टर्सलाई सस्तैमा समेट्न सन्दिप सुनारले ४ विकेट चट्काएका थिए। यस्तै संगम थापा र कमल ऐरीले समान ३-३ विकेट लिएका थिए।

बुधवारहुने डिभिजन “बि” अन्तर्गतको अन्तिम खेलमा बुम एमसीसी क्रिकेट क्लब भैरहवा र बुटवल राइनोज क्रिकेट क्लब बुटवल बीच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिग प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ। विजेता क्लबले नगद ७० हजार तथा उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने सुपर लिगको सहप्रायोजन बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले गरेका छन्।

प्रतियोगिताको उत्कृस्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]