चेन्नाई क्याप छोड्नु अघि भावुक भए ब्राभो, फ्यानहरुलाई दिए विशेष संदेश

ग्रोइन इन्जुरीका कारण आईपीएलबाटै बाहिरिएका चेन्नाई सुपर किंग्सका अल राउण्डर ड्वेन ब्राभोले भावुक हुँदै आफ्नो फ्यानहरुलाई मुस्किल समयमा टिमको साथ नछोड्न आग्रह गरेका छन्। चेन्नाईको प्लेअफ पुग्ने झिनो सम्भावना बांकी रहेको अवस्थामा ३७ वर्षीय वेस्टइन्डिज क्रिकेटर बाहिरिनुले टिमलाई अर्को झट्का लागेको छ।

“यो दुखद खबर हो, म दुखिछु मेरो टिम छोड्नु पर्दा। सबै चेन्नाई फ्यानहरु, म यो चाहन्छु कि टिमको हौसला बढाउदै गर्नुहोला, साथ कायमै राख्नु होला, सबै सच्चा चेन्नाई फ्यानहरु।” चेन्नाईद्वारा जारि ट्वीटरमा जारि गरिएको भिडियो भिडियो सन्देशमा ब्राभोले बताएका छन्।

“यो सिजन हामि र फ्यानहरुले आशा गरेको जस्तो भएन, तर हामीले आफ्नो उत्कृस्ट दियौं। कहिले काहीं आफ्नो उत्कृस्ट दिंदा पनि नतिजा आफ्नो पक्षमा आउदैन।”

ब्राभोले चेन्नाईको बिगतको वर्षमा उत्कृस्ट जितको रेकर्ड फ्यानहरुलाई सम्झाए –

“साथ नछोड्नु होला , म ग्यारेन्टी दिन सक्छु हामि बलियो रुपमा पुनरागमन गर्नेछौ , विजेता जस्तै गरी। सबैभन्दा सफल फ़्रेन्चाइजको रुपमा चेन्नाईको सदस्य हुन पाउदा हामिले गर्व गर्नुपर्छ।”


३७ वर्षीय ब्राभोले २०११ देखि चन्नाईबाट खेल्ने क्रममा २०१८ को अक्सनमा ६.४ करोड भारुमा टिममा रिटेन गरेको थियो। ब्राभो चेन्नाईको सर्वाधिक विकेटकर्ता हुन् जसले कुल ११० विकेट लिएका छन्।

उनले यो सिजन कुल ६ खेल खेल्ने क्रममा ३० को औशत र ८.५७ को इकोनोमिले ६ विकेट लिएका थिए। ब्याटबाट भने उनले २ पटक मौका पाउदा मात्र ७ रन बनाउन सके। लिगमा ब्राभोलाई धोनीले मध्य र अन्तिमको ओभरमा प्रयोग गरेका थिए।

ब्राभोले दिल्ली बिरुद्धको खेलमा ३ ओभर बलिंग गरेपछि चौथो ओभर बलिंग गर्न उपलब्ध भएका थिएनन्। ब्राभो नहुँदा देब्रे हाते स्पिनर रभिन्द्र जडेजाले २० औं ओभरमा दिल्लीलाई १७ रन आवस्यक हुँदा बलिंग गरेका थिए। ओभरमा अक्षर पटेलले ३ छक्का हिर्काउदै टिमलाई जित दिलाएका थिए।

ब्राभो घाइते हुनु वेस्टइन्डिज टिमको लागि पनि चासोको विषय रहेको छ। उनलाई वेस्टइन्डिजले न्युजिल्यान्ड बिरुद्ध नोभेम्बरमा खेलिने ३ वटा टि-२० को सिरिजको लागि टिममा चयन गरिएको थियो। सिरिज नोभेम्बर २७ देखि सुरु हुने बताईएको छ।

लिगमा चेन्नाईले आगामी खेल मुम्बई इन्डीएन्स बिरुद्ध अक्टोबर २३ तारिख शुक्रबार खेल्ने तालिका रहेको छ।

बैंगलोर-कोलकाता बीचको खेलमा बनेका ८ रोचक कीर्तिमानहरु

सिराजले कीर्तिमानी बलिंग गर्दा, कोलकातालाई सहजै हराउदै बैंगलोर दोश्रो स्थानमा उक्लियो

लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy