ई–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि लुम्बिनीबाट प्यारामाउन्ट बोर्डिंग हाईस्कुल छनोट

ई-प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले जितेको छ।

आगामी माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने ई-प्लानेट नेसनल हाईस्कुल च्याम्पियनसिपको लागि सातवटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना भइरहेको छ। यस अघि चितवनमा सम्पन्न बागमती प्रदेशको पहिलो छनोटबाट अर्किड कलेज तथा इटहरीमा सम्पन्न कोशी प्रदेश छनोटबाट आस्था कलेज छनोट भएको थियो। आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा हुनेछ।

बुटवल तिल्लोत्तामा स्थित नव जीवन क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा प्यारामाउन्टले एभरेस्ट इंगलिस बोर्डिंग स्कुललाई ८ विकेटले पराजित गर्यो। जितको लागि पाएको ६३ रनको लक्ष्य उसले ७. १ ओभरमा भेटायो।  प्यारामाउन्टको ब्याटिंगमा सन्देश पन्थीले सर्वाधिक ४१ रन योगदान दिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एभरेस्टले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६२ रन बनायो। उसको लागि रवी यादबले सर्वाधिक १६ रन योगदान दिए। प्यारामाउन्टको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित शिव कुँवरले ४ विकेट लिए जुन क्रममा २ ओभरमा १ मेडन गर्दै मात्र ६ रन खर्चिए।

छनोटको उपाधि सहित प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

लुम्बिनी प्रदेश छनोटमा कुल ८ टिम सहभागी थिए। सहभागी टिमहरु श्री शान्ति मोडल,कान्ति, प्यारामाउन्ट, न्यु होराइजन, अक्सफोर्ड, होराइजन गौतम बुद्ध, सेन्ट जोसेफ, एभरेस्ट रहेका थिए।

हाईपयति इभेन्टको आयोजनामा जारि देशव्यापी प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ। त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुष २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुष २६ गतेबाट, दोश्रो बागमती प्रदेश छनोट काठमाडौँमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ। माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ।

 





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]