ई-प्लानेट नेशनल हाई स्कुल च्याम्पियनसिप : सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

धनगढी।

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ।

धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले विद्या भुषण पब्लिक स्कुललाई ३३ रनले पराजित गर्दै नेशनल हाइस्कुल च्याम्पियनसिपको लागि छनोट भएको हो। सुदूरपश्चिम छनोटबाट विजेताको रुपमा वेस्टर्न क्रिस्टलले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

फाइनल खेलमा १०४ रनको लक्ष्य पछ्याएको विद्या भुषणले निर्धारित १० ओभर ब्याटिंग गरेता पनि ४ विकेट क्षेतीमा ७० रन मात्र बनाउन सक्यो।

विद्या भुषणको लागि नबिन शाहले सर्वाधिक २० रन बनाए जुन क्रममा १७ बलमा ३ चौका प्रहार गरे। प्रशान्त मदाईले १६ तथा रोशन बिक र बिबेक दुवालले समान ११ रन बनाए।

वेस्टर्न क्रिस्टलका बलर रोशन रावल, युनिक मल्ल र बिक्की सिंहले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टर्न क्रिस्टल एकेडेमीले निर्धारित १० ओभरमा ४ विकेट क्षेतीमा १०३ रन बनाएको थियो।

वेस्टर्न क्रिस्टलको लागि ओपनर आरेश बोहराले सर्वाधिक ३७ रन बनाए जुन क्रममा उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै चौंथो नम्बरमा ब्याटिंग गरेका दिपक कुडमालले मात्र १३ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाए। शंकर बोहराले ११ रन बनाए। बिद्या भुषणका रोशन विकले २ तथा बिबेक दुवाल र नबिन शाहले १/१ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी शंकर बोहरा घोषित भए। बोहराले सेमीफाइनलमा ब्राइटवे पब्लिक स्कुल विरुद्ध शतक बनाएका थिए।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]