ECA League : जेनिस चम्किँदा टाँडी टाइटन्स विजयी

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा टाँडी टाइटन्सले सौराहा स्याण्डर माथि ७ विकेटको जित दर्ता गरेको छ।

टस जितेर ब्याटिङ रोजेको सौराहाले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै १११ रन जोडेको थियो। सौराहाका मिडल अडर ब्याटर दिपन बानियाले ३९ बलमा ५४ रनको अर्धसतकीय पारी खेले पनि जितको लागि पर्याप्त भएन। प्रतियोगिताको पहिलो अर्धसतक प्रहार गर्दा दिपनले ५ चौका र २ छक्का प्रहार गरे। साथै ससिर न्यौपानेले १९ रन र सौगात ढकालले १० रन जोडे।

टाँडी टाइटन्सका जेनिश क्षेत्रीले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिए। साथै नरेश प्रधानले र संघर्ष पौडेलले सम्मान २ विकेट लिए।

११२ रनको सामान्य लक्ष्य लिएर मैदान आएको टाँडी टाइटन्सले १८ ओभरमा ३ विकेट गुमाउदै ११२ रन जोडेर लक्ष्य हासिल गर्यो।

टाँडीको जितमा पाल्देन लामाले ४३ बलमा ४ चौका र १ छक्काको मद्दतले ३३ रन प्रहार गरे। साथै बिशाल फुयाँलले १३ बलमा ३ चौका र २ छक्काको मद्दतमा २८ रनको आजिबित पारी खेले। १८ बलमा १६ रन आवश्यक रहेको स्थितिमा बिशालले सौगात ढकालको ओभरमा १३ रन जोडेका थिए। १२ बलमा जितको लागि ३ रन आवश्यक रहेको स्थितिमा राज पाण्डेले ३ अतिरिक्त रन खर्चिदा टाँडीले ३ विकेटको जित दर्ता गरेको थियो।

सौराहा स्याण्डरका सौगात ढकालले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए भने राज पाण्डेले ३ ओभरमा २२ रन खर्चिएर १ विकेट लिए। खेलको म्यान अफ द म्याच टाँडी टाइटन्सका तिब्र गतिका बलर जेनिश क्षेत्री भए। प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिगलाई रत्ननगर नगरपालिकाले संरक्षक गरेको छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]