ECA Legue : हानामी वारियर्सको सुखद सुरुवात

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको हानामी वारियर्सले ६ विकेटको जित दर्ता गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। हानामी वारियर्सले इसीए मेयर लिगको पाँचौं खेलमा बिएम ब्लास्टर माथि ६ विकेटको जित दर्ता गरेको हो।

टिकैली खेल मैदान टस जितेर ब्याटिङ रोजेको बिएम ब्लास्टरले १७.३ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ८४ रनको कम योगफलमा समेटिएको थियो। बिएम ब्लास्टरले आफ्नो दुवै टप- अडर ब्याटर शुभ कंस्कर र रिकिन कोइरालालाई सुरुवाती ६ ओभर भित्रै रन- आउट मार्फत गुमाएको थियो। शुभले ९ र रिकिनले २ रन जोडे। सुवास दवाडीले २७ बलमा एक चौका र ३ छक्काको मद्दतमा २३ रन प्रहार गरे। अन्य ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन।

बिएम ब्लास्टरलाई सस्तोमा रोक्न हानामी वारियर्सका स्पिनर क्रिजन गुरुङले ४ ओभरमा १ मेडेन राख्दै १७ रन खर्चिएर २ विकेट लिए। क्रिजनले बिएम ब्लास्टरका टप-अडर ब्याटर कप्तान सुमन सुनवार र युवराज खरेलको विकेट लिएका थिए। कैलाश पंगेनीले २ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए।

८५ रनको सामान्य लक्ष्य लिएर मैदान आएको हानामी वारियर्सले १४.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो। सुरुवाती ओभरमा कप्तान आकाश थापालाई ४ रन र श्याम मण्डललाई शून्यमा गुमाउदै दबाबमा देखिएको थियो। तर राम बिक्रम कार्कीले समालेर ब्याटिङ गर्दा हानामी वारियर्सले सहजै जित दर्ता गर्यो। राम बिक्रम कार्कीले ३७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३८ रनको आजिबित पारी खेले। गौरब खड्काले १४ बलमा १७ रन प्रहार गरे। क्रिजन गुरुङले ८ रन जोडे।

 





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]