ECA T20 : सन्तोष चम्किँदा सौराहा स्याण्डर विजयी

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको सौराहा स्याण्डरले हानामी वारियर्स माथि १ विकेटको रोमान्चक जित दर्ता गर्दै लगातार दोश्रो खेल जितेको छ।

टिकौली खेल मैदान टस जितेर सौराहा स्याण्डरले हानामी वारियर्सलाई ब्याटिङको निम्तो दिएको थियो। हानामी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२६ रन जोड्यो। हानामी वारियर्सका कप्तान आकाश थापाले १७ तथा अर्को ओपनर ज्ञान राज न्यौपानेले १४ रन प्रहार गरे। मिडल अडर ब्याटर उत्सव श्रेष्ठले २७ बलमा ३५ रन प्रहार गरे। साथै कैलाश पंगेनीले १४ बलमा १८ रन जोडे। अन्य ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन।

सौराहा स्याण्डरका कप्तान सन्तोष न्यौपानेले ४ ओभरमा १९ रन खर्चिएर २ विकेट लिए। राज पाण्डे ,रिजन ढकाल , बिमल चालिसे र सौगात ढकालले सम्मान एक- एक विकेट लिए।

१२७ रनको सामान्य लक्ष्य लिएर मैदान आएको सौराहा स्याण्डरका कप्तान सन्तोष न्यौपानेले समालेर ब्याटिङ गर्दा सौराहा स्याण्डरले १९.३ ओभरमा लक्ष्य भेटायो। सौराहा स्याण्डरका कप्तान सन्तोषले ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ७५ रन प्रहार गरे। अन्तिम ९ बलमा ६ रन आवश्यक रहेको स्थितिमा हानामीका श्याम मन्डेलले लगातार २ विकेट लिग्दा सौराहा स्याण्डर दबाबमा परेको थियो। सौराहालाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो भने हानामीलाई एक विकेटको आवश्यकता थियो। अन्तिम ओभरको पहिलो बलमा अनुज चनारालाई सन्तोषले चौका प्रहार गरेका थिए। त्सपछि दोस्रो बल डट हुदा तेस्रो बलमा छक्का प्रहार गर्दै सन्तोषले सौराहालाई प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने महत्त्वपूर्ण भूमिका खेले।

हानामीका आकाश थापाले ४ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिए। श्याम मन्डेलले २ ओभरमा १० रन खर्चिएर २ विकेट लिए।

खेलको म्यान अफ द म्याच अल-राउन्डर प्रदर्शन गरेका सौराहाका सन्तोष न्यौपाने भए। सौराहाले ३ खेलमा २ जित दर्ता गरेको छ भने हानामीले २ खेलमा १मा जित र १मा हार बेहोरेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]