ECA T20 : भरतपुरको जितमा प्रतिकको विस्फोटक पारी

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगितामा भरतपुर इलेभेनका कप्तान प्रतिक श्रेष्ठले विस्फोटक ब्याटिङ गर्दा भरतपुर इलेभेनले प्रतियोगितामामा पहिलो जित दर्ता गरेको छ। भरतपुर इलेभेनले टाँडी टाइटन्स माथि ५ विकेटको जित दर्ता गरेको छ।

टिकौली खेल मैदानमा टस जितेर टाँडी टाइटन्सले ब्याटिङ रोजेको थियो। टाँडी टाइटन्सका ओपनर ब्याटर जेनिश क्षेत्रीको समालेर ब्याटिङ र विकल गुप्ताको आक्रामक ब्याटिङका कारण टाँडी टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५३ रन जोडेको थियो।

जेनिश क्षेत्रीले प्रतियोगितामा आफ्नो दोस्रो अर्धसतक प्रहार गरे। उनले ५८ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५१ रन प्रहार गरे। विकल गुप्ताले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा ३८ रन प्रहार गरे। रिजन काफ्लेले १० बलमा ३ चौकाको मद्दतमा १८ रनको अविजित पारी खेले।

भरतपुर इलेभेनका कप्तान प्रतिक श्रेष्ठले ४ ओभरमा ३३ रन खर्चिएर दुई विकेट लिए। दिवश आचार्यले ४ ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएर १ विकेट लिए।

१५४ रनको मध्यम लक्ष्य लिएर मैदान आएको भरतपुर इलेभेनका लागि कप्तान प्रतिक श्रेष्ठ र दिवश आचार्यले आक्रामक ब्याटिङ गर्दा सहज जित दर्ता गर्यो। भरतपुरले १५.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

कप्तान प्रतिक श्रेष्ठले ३८ बलमा ४ चौका र ८ छक्काको मद्दतमा ८२ रनको बिस्पोटक ब्याटिङ गरे। प्रतिक ठुलो सट खेल्ने धुनमा सुमित शर्माको ओभरमा आउट भएका लिए। साथै दिवश आचार्यले १४ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन प्रहार गरे।

टाँडी टाइटन्सका स्पिनर सुमितले २.२ ओभरमा ३६ रन खर्चिएर २ विकेट लिए। नरेश प्रधानले ३ ओभरमा २२ रन खर्चिएर २ विकेट लिए। खेलको म्यान अफ द म्याच प्रतिक श्रेष्ठ भए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy