एक हजार रन पुरा गर्ने दिपेन्द्र पहिलो

राष्ट्रिय क्रिकेट टिमका मध्यक्रमका दायाँ हाते ब्याट्सम्यान दिपेन्द्र ऐरी टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।

नेपालमा जारी त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पपुवा न्यु गिनी बिरुद्ध अविजित ५४ रन बनाएका दिपेन्द्रले नेपालको लागि ३९ औं टि-ट्वान्टी अन्तर्राष्ट्रियमा कूल १,०३३ रन बनाएका छन्। यस क्रममा ऐरीले ३४ इनिंग्समा ब्याटिंग गर्दै १ शतक र ५ अर्धशतक बनाएका छन्। उनको औशत ३८.७३ र स्ट्राइक रेट १३३.२९ रहेको छ।

जारि त्रिकोणात्मक सिरिजमा मात्रै दिपेन्द्रले सर्वाधिक रनकर्ताको रुपमा ५ खेलमा १ शतक र २ अर्धशतक मद्दतले २५५ रन बनाएका छन्।

एक हजार रन पुरा गर्ने दिपेन्द्र टि-२० अन्तर्राष्ट्रिय क्रिकेटका ७५ औं ब्याट्सम्यान समेत हुन्।

ऐरी पछि नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा धेरै रन बनाएका पारस खड्काले ३३ खेलमा ७९९ रन बनाएका छन्। तेश्रो धेरै ज्ञानेन्द्र मल्लले ४० खेलमा ७४८ रन, चौंथो धेरै कुशल भुर्तेलले १६ खेलमा ५७३ रन, पाँचौ धेरै आसिफ शेखले १८ खेलमा ४४४ रन बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि धेरै रन बनाउने ब्याट्सम्यान रोहित पौडेल हुन् जसले १७ खेलमा ६२३ रन बनाएका छन्।

टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी कप्तान सन्दिप लामिछाने हुन् जसले ३८ खेलमा ७१ विकेट लिएका छन्। करन केसीले ३८ खेलमा ५५, अविनाश बोहराले ३६ खेलमा ४०, सोमपाल कामिले ३७ खेलमा ३४ तथा बसन्त रेग्मीले १८ खेलमा २५ विकेट लिएका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy