एक हजार रन पुरा गर्ने दिपेन्द्र पहिलो

राष्ट्रिय क्रिकेट टिमका मध्यक्रमका दायाँ हाते ब्याट्सम्यान दिपेन्द्र ऐरी टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।

नेपालमा जारी त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पपुवा न्यु गिनी बिरुद्ध अविजित ५४ रन बनाएका दिपेन्द्रले नेपालको लागि ३९ औं टि-ट्वान्टी अन्तर्राष्ट्रियमा कूल १,०३३ रन बनाएका छन्। यस क्रममा ऐरीले ३४ इनिंग्समा ब्याटिंग गर्दै १ शतक र ५ अर्धशतक बनाएका छन्। उनको औशत ३८.७३ र स्ट्राइक रेट १३३.२९ रहेको छ।

जारि त्रिकोणात्मक सिरिजमा मात्रै दिपेन्द्रले सर्वाधिक रनकर्ताको रुपमा ५ खेलमा १ शतक र २ अर्धशतक मद्दतले २५५ रन बनाएका छन्।

एक हजार रन पुरा गर्ने दिपेन्द्र टि-२० अन्तर्राष्ट्रिय क्रिकेटका ७५ औं ब्याट्सम्यान समेत हुन्।

ऐरी पछि नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा धेरै रन बनाएका पारस खड्काले ३३ खेलमा ७९९ रन बनाएका छन्। तेश्रो धेरै ज्ञानेन्द्र मल्लले ४० खेलमा ७४८ रन, चौंथो धेरै कुशल भुर्तेलले १६ खेलमा ५७३ रन, पाँचौ धेरै आसिफ शेखले १८ खेलमा ४४४ रन बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि धेरै रन बनाउने ब्याट्सम्यान रोहित पौडेल हुन् जसले १७ खेलमा ६२३ रन बनाएका छन्।

टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी कप्तान सन्दिप लामिछाने हुन् जसले ३८ खेलमा ७१ विकेट लिएका छन्। करन केसीले ३८ खेलमा ५५, अविनाश बोहराले ३६ खेलमा ४०, सोमपाल कामिले ३७ खेलमा ३४ तथा बसन्त रेग्मीले १८ खेलमा २५ विकेट लिएका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]