एउटा मात्र टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका महेश थिक्शानालाई समाबेश गर्दै श्रीलंकाले टि-ट्वान्टी विश्वकप २०२१ को लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ। युएई र ओमानले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म संचालन हुनेछ।
क्यारम बल, गुग्ली र अफ स्पिन बलिंग गर्न सक्षम थिक्सानाले दक्षिण अफ्रीका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमा ४ विकेट लिन सफल भएका थिए जसपछि दक्षिण अफ्रीका बिरुद्ध एउटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा १ विकेट लिएका थिए। खेलको पहिलो बलमै उनले विकेट लिएका थिए। २१ वर्षीय खेलाडीले मात्र २३ वटा टि-२० खेलेका छन् जुन क्रममा २०.८६ को औशतले २२ विकेट लिएका छन्। यो वर्ष मार्चमा श्रीलंकाको घरेलु टि-२० प्रतियोगितामा उनले २ रन मात्र खर्चेर ९ विकेट लिएका थिए।
अकिला धनन्जय, लाहिरु कुमारा, पुलिना थरंगा र बिनुरा फर्नान्डोलाई रिजर्भ खेलाडीमा राखिएको छ भने पथुम निसंका, रमेश मेन्डिस र मिनोद भानुकालाई टिमबाट बाहिर राखिएको छ। यी ७ जना खेलाडी श्रीलंकाको दक्षिण अफ्रीका बिरुद्ध सिरिजको हिस्सा रहेका छन्।
इंग्ल्यान्ड भ्रमणमा कोभिड-१९ प्रोटोकल तोडेका कारण दनुश्का गुनथिलाका, कुशल मेन्डिस र निरोशन डिकवेला प्रतिबन्ध भोगीरहेका छन्। अर्कोतर्फ एन्जेलो म्याथुज श्रीलंकाको अनुबन्धित खेलाडीको सूचीमानै नहुँदा छनोटको लागि उपलब्ध थिएनन्।
भानुका राजापक्ष र कामिन्दु मेन्डीस टिममा स्थान बनाउन सफल भएका छन्। राजापक्षले देशको लागि ८ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन् जुन क्रममा २०१९ मा पाकिस्तान बिरुद्ध ४८ बलमा ७७ रन बनाउदै प्रभावित बनाएका थिए। कमिन्दुले मात्र ४ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन् जो अफस्पिन र देब्रे हाते स्पिन दुवै गर्न सक्छन् भने ब्याटिंग पनि गर्न सक्छन्। श्रीलंकाको लागि डेब्युनै नगरेका प्रभिन जयबिक्रमालाई पनि छनोट गरिएको छ। देब्रे हाते स्पिनरले बंगलादेश बिरुद्ध एक मात्र टेस्टमा ११ विकेट लिएका थिए जसले ५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय भने खेलीसकेका छन्।
टि-२० विश्वकपमा समुह ‘ए’ अन्तर्गत रहेको श्रीलंकाले नामिबियासंग अक्टोबर १८ तारिखमा अबुधाबीमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। समुहमा आयरल्याण्ड र नेदरल्याण्ड पनि रहेका छ। समुहको शिर्ष-२ स्थानमा रहे टिम सुपर-१२ चरणमा छनोट हुनेछ।
श्रीलंका टिम : दासुन शनाका ( कप्तान ) , धनन्जय डी सिल्भा, कुशल परेरा, दिनेश चण्डीमाल, अभिस्का फर्नान्डो, भानुका राजा पक्ष, चरिथ असलंका, वानिन्दु हसरंगा, कमिन्दु मेन्डीस, चमिका करुनारत्ने, नुवान प्रदिप, दुश्मन्था चमिरा, प्रभिन जयबिक्रमा, लाहिरु मदुशंका, महेश थिक्साना ( रिजर्भ – अकिला धनन्जय, लाहिरु कुमारा, पुलिना थरंगा र बिनुरा फर्नान्डो )
टि-२० विश्वकप २०२१ को लागि घोषित अन्य टोलिहरु
नेदरल्याण्ड : पिटर सिलार ( कप्तान ) , कोलिन एंकरम्यान, फिलिपे बोसेभेन, बास डी लिडे, पल भान मिकीरन, बेन कुपर, म्याक्स ओडोड, स्कट एड्वार्ड्स, रायन टेन डोस्काटे, टिम भान डर गुग्टेन, रोल्फ भान डर मर्वे, ब्रेण्डन ग्लोभर, फ्रेड क्लासेन, लोगान भान बिक, स्टेफेन माईबर्ग ( रिजर्भ – टोबेस भिसे र शेन स्यांटनर )
पपुवा न्यु गिनी : असाद भाला ( कप्तान ) , चार्ल्स अमिनी , लेग सियाका, नोर्मन भानुवा, नोसैना पोकाना, किप्लिन डोरिगा ( विकेटकिपर ) , टोनी उरा, हिरी हिरी, गौडी टोका, सिसि बाउ, डामियन राभु, कबुवा भागी मोरीया, सिमोन अटाई, जेसन किला, चाड सोपर र ज्याक गार्डनर
नामिबिया टिम : गेरहार्ड इरासमस ( कप्तान ) , स्टेफेन बार्ड, कार्ल बिरेकस्टक, मिकाउ डी प्रिज, जान फाईलिंक, जेन ग्रिन, निकोल लोफी, बर्नाड स्कल्ज, बेन सहीकोंगो, जेजे स्मिथ, रुबेन ट्रंपलमान, मिचेल भान लिंगेन, डेभिड विस, क्रेग विलियम्स, पिकी या फ्रान्स
अफगानिस्तान : राशिद खान , रहमनुल्लाह गुर्बज ( विकेटकिपर ) , हज्रतुल्लाह जजाई, उस्मान घानी, अस्घर अफ्घान, मोहम्मद नाबी ( कप्तान ), नाजिबुल्लाह जद्रान, हस्मतुल्लाह शाहिदी, मोहम्मद शाहजाद, मुजिब उर् रहमान, करिम जनत, गुल्बदिन नैब, नभिन उल हक, हमिद हसन, शरफुद्दीन अश्रफ, दौलत जद्रान, शापुर जद्रान, कैस एहमद ( रिजर्भ – अफ्सर जजाई, फरिद एहमद मलिक )
इंग्ल्यान्ड : ओएन मोर्गन ( कप्तान ) , मोईन अलि, जोनाथन बेयरस्टो, स्याम बिलिंग्स, जोस बटलर, स्याम करन, क्रिस जोर्डन, लियाम लिभिंगस्टोन, डेबिड मलान, टाईमल मिल्स, आदील रशिद, जेसन रोय, डेभिड विलि, क्रिस वोक्स र मार्क वुड ( रिजर्भ खेलाडी – टम करन, लियाम डसन र जेम्स भिन्स )
बंगलादेश : महमुदुल्लाह ( कप्तान ) , मोहम्मद नैम, सौम्य सरकार, लिटन दास ( विकेटकिपर ) , शाकिब अल हसन, मुश्फीकुर रहिम, अफिफ होसेन, नुरुल हसन, मेहदी हसन, नसुम एहमद, मुस्तफिजुर रहमान, शोरिफुल इश्लाम, तास्किन एहमद, मोहम्मद सैफुद्दीन र शमिम होसेन
न्युजिल्यान्ड : केन विलियमसन ( कप्तान ) , टोड एसल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कनवे, लकी फर्गुसन, मार्टिन गप्टिल, कायल जेमीसन, ड्यारिल मिचेल, जिम्मी निशम, ग्लेन फिलिप्स, मिचेल स्यांटनर, टिम सेफर्ट ( विकेटकिपर ) , इश सोढ़ी र टिम साउदी
दक्षिण अफ्रीका : तेम्बा बभुमा, क्विन्टन डीकक, बिजोर्न फर्चुन, रेजा हेन्ड्रिक्स, हेनरिच क्लासेन, केशव महाराज, एडेन मारक्रम, डेभिड मिलर, वियान मुल्डर, लुंगी एनगीडी, एनरिच नोर्किया, ड्वेन प्रिटोरियस, कागीसो रबाडा, तब्रेज शाम्सी, रसि भान डर डुसेन ( रिजर्भ – एन्डीले फेलुक्वायो र लिजाद विलियम्स )
ओमान : जिशान मक्सुद ( कप्तान ) , अकिब इल्यास ( उपकप्तान ) , जतिन्दर सिंह, खवर अलि, मोहम्मद नदीम, आयान खान, सुरज कुमार, सन्दिप गौड, नेस्टोर धाम्बा, कलेमुल्लाह, बिलाल खान, नसिम खुसि, सुफ्यान मेहमुद, फयाज बट र खुर्रम खान
भारत : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशान ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, राहुल चाहर, रभीचन्द्रन आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी
आयरल्याण्ड : एन्ड्रयु बालबर्नी ( कप्तान ) , मार्क अडायर, कर्टिस क्यामफर, गेरेथ डेलानी, जर्ज डकरेल, शेन गेटकेट, ग्राहम केनेडी, जोश लिटल, एन्ड्रयु म्याकब्रायन, बेरी म्याकार्थी, केभिन ओ ब्रायन, निल रक, सिमि सिंह, पल स्टरलिंग, ह्यारी टेक्टर, लोर्कन टकर, बेन व्हाइट र क्रेग योंग
अफगानिस्तान : राशिद खान ( कप्तान ) , रहमनुल्लाह गुर्बज ( विकेटकिपर ) , हज्रतुल्लाह जजाई, उस्मान घानी, अस्घर अफ्घान, मोहम्मद नाबी, नाजिबुल्लाह जद्रान, हस्मतुल्लाह शाहिदी, मोहम्मद शाहजाद, मुजिब उर् रहमान, करिम जनत, गुल्बदिन नैब, नभिन उल हक, हमिद हसन, शरफुद्दीन अश्रफ, दौलत जद्रान, शापुर जद्रान, कैस एहमद ( रिजर्भ – अफ्सर जजाई, फरिद एहमद मलिक )
अस्ट्रलिया : आरोन फिन्च ( कप्तान ) , एस्टन एगर, प्याट कमिन्स ( उपकप्तान ), जोस हेजलवुड, जोश इंगलिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेपसन, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा
पाकिस्तान : बाबर आजम ( कप्तान ), शदाब खान ( उपकप्तान ), असिफ अलि, आजम खान, हरिस रौफ, हसन अलि, इमाद वासिम, खुस्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहमम्द रिज्वाज, मोहम्मद वासिम जुनीयर, शाहिन अफ्रिदी, र शोयब मक्सुद
वेस्टइन्डिज : काइरन पोलार्ड, निकोलस पुरन, फाबीयन एलेन, ड्वेन ब्राभो, रोस्टन चेज, आन्द्रे फ्लेचर, क्रिस गेल, शिमरन हेटमायर, इभिन लुइस, ओबेड म्याकोय, रभी रामपाल, आन्द्रे रसेल, लेन्डल सिमोन्स, ओशेन थोमस, हेडन वाल्स जुनियर ( रिजर्भ खेलाडीहरु – डेरेन ब्राभो, शेल्डन कटरेल, जेसन होल्डर र अकेल होसेन )