एक मात्र टेस्टमा बंगलादेशको सहज जित

२०७८ असार २७, आईतवार १८:२३

घरेलु टोलि जिम्बाबे बिरुद्धको एक मात्र टेस्टमा बंगलादेश २२० रनले सहजै विजयी भएको छ।

टेस्टको अन्तिम दिन बंगलादेशले दिएको ४७७ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले २५६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको लागि कप्तान ब्रेण्डन टेलरले सर्वाधिक ९२ रन, डोनाल्ड ट्रिपानोले ५२ रन, ब्लेसिंग मुजाराबानिले ३० रन योगदान दिए।

बंगलादेशको बलिंगमा अफ स्पिनर मेहदी हसन ( ३०.४-१०-६६-४ ) र दायाँ हाते पेसर तास्किन एहमदले ( २४-४-८२-४ ) समान ४ विकेट लिए। शाकिब अल हसन र इबादत होसेनले समान १ विकेट लिए। मेहदी हसनले पहिलो इनिंग्समा पनि ५ विकेट लिएका थिए।

मेहदी हसनले कुल ९ विकेट लिए

टेस्टको पहिलो इनिंग्समा बंगलादेशले ४६८ रन बनाएको थियो भने जिम्बाब्वेले पहिलो इनिंग्समा २७६ रन मात्र बनाउन सकेको थियो। दोश्रो इनिंग्समा बंगलादेशले १ विकेट क्षेतीमा २८४ रन बनाउदै इनिंग्स समाप्तिको घोषणा गर्दै जिम्बाब्वेलाई ४७७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

दुई देश बीच जुलाई १६ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा जुलाई २३ देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

टेस्ट समरी :

बंगलादेश पहिलो इनिंग्स – ४६८ ( महमुदुल्लाह : १५० , लिटन दास ९५ , मुजराबानि : ४ विकेट ) ,
जिम्बाब्वे पहिलो इनिंग्स
– २७६ ( काटीयानो : ८७, ब्रेण्डन टेलर : ८१, मेहदी हसन ५ विकेट, शाकिब अल हसन ४ विकेट ) ,
बंगलादेश दोश्रो इनिंग्स – २८४/१ ( शदमान इश्लाम : ११५, शान्टो : ११७ ) ,
जिम्बाब्वे दोश्रो इनिंग्स – २५६ ( ब्रेण्डन टेलर ९२, मेहदी हसन : ४ विकेट, तास्किन एहमद : ४ विकेट )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy