एक मात्र टेस्टमा बंगलादेशको सहज जित

घरेलु टोलि जिम्बाबे बिरुद्धको एक मात्र टेस्टमा बंगलादेश २२० रनले सहजै विजयी भएको छ।

टेस्टको अन्तिम दिन बंगलादेशले दिएको ४७७ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले २५६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको लागि कप्तान ब्रेण्डन टेलरले सर्वाधिक ९२ रन, डोनाल्ड ट्रिपानोले ५२ रन, ब्लेसिंग मुजाराबानिले ३० रन योगदान दिए।

बंगलादेशको बलिंगमा अफ स्पिनर मेहदी हसन ( ३०.४-१०-६६-४ ) र दायाँ हाते पेसर तास्किन एहमदले ( २४-४-८२-४ ) समान ४ विकेट लिए। शाकिब अल हसन र इबादत होसेनले समान १ विकेट लिए। मेहदी हसनले पहिलो इनिंग्समा पनि ५ विकेट लिएका थिए।

मेहदी हसनले कुल ९ विकेट लिए

टेस्टको पहिलो इनिंग्समा बंगलादेशले ४६८ रन बनाएको थियो भने जिम्बाब्वेले पहिलो इनिंग्समा २७६ रन मात्र बनाउन सकेको थियो। दोश्रो इनिंग्समा बंगलादेशले १ विकेट क्षेतीमा २८४ रन बनाउदै इनिंग्स समाप्तिको घोषणा गर्दै जिम्बाब्वेलाई ४७७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

दुई देश बीच जुलाई १६ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा जुलाई २३ देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

टेस्ट समरी :

बंगलादेश पहिलो इनिंग्स – ४६८ ( महमुदुल्लाह : १५० , लिटन दास ९५ , मुजराबानि : ४ विकेट ) ,
जिम्बाब्वे पहिलो इनिंग्स
– २७६ ( काटीयानो : ८७, ब्रेण्डन टेलर : ८१, मेहदी हसन ५ विकेट, शाकिब अल हसन ४ विकेट ) ,
बंगलादेश दोश्रो इनिंग्स – २८४/१ ( शदमान इश्लाम : ११५, शान्टो : ११७ ) ,
जिम्बाब्वे दोश्रो इनिंग्स – २५६ ( ब्रेण्डन टेलर ९२, मेहदी हसन : ४ विकेट, तास्किन एहमद : ४ विकेट )





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]