एकै ओभरमा ६ चौका हिर्काएपछि पृथ्वी शले सम्झे पिताले दिएको टिप्स

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत बिहिबार राती कोलकाता नाइट राइडर्स बिरुद्धको खेलमा एकै ओभरमा ६ चौका प्रहार गर्दै आक्रामक अर्धशतक बनाएका दिल्ली क्यापिटल्सका ओपनर पृथ्वी शले आफ्नो पिताले दिएको टिप्स सम्झिएका हुन्।

कोलकाताले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा पृथ्वी शले कोलकाता पेसर शिभम माभीले गरेको पहिलो ओभरमा ६ चौका प्रहार गरेका थिए। मात्र १८ बलमा अर्धशतक बनाएका उनले मात्र ४१ बलमा ११ चौका र ३ छक्का मद्दतले ८२ रन बनाए। उनले अर्का ओपनर शिखर धवनसंग १३२ रनको ओपनिंग साझेदारी गरेपछि निर्धारित लक्ष्य दिल्लीले २१ बल बाँकी रहँदै पुरा गर्यो।

खेल पछि कुराकानी गर्ने क्रममा पृथ्वीले गत वर्ष अस्ट्रेलिया भ्रमणमा टेस्ट सिरिजमा खराब प्रदर्शन गरेपछि आफ्नो पिताले आफुलाई भनेको कुरा याद गरेका हुन् –

“अस्ट्रेलियाबाट फर्केपछि मेरो पिताले मलाई निकै साथ दिनु भयो। म आफैबाट सन्तुस्ट थिईन। मेरो पिताले मलाई मेरो प्राकृतिक खेल खेल्न सम्झाउनु भयो। वहाँले भन्नु भएको सबै शब्दहरुले गर्दा मैले एउटा लक्ष्य बनाए र कठिन मेहनत गरें।” अस्ट्रेलिया भ्रमण अन्तर्गत टेस्ट सिरिजको सुरुवात टेस्टमा शले खराब प्रदर्शन गरेका थिए जसपछि उनि अन्तिम-११ मा स्थान बनाउन असफल भएका थिए।

एकै ओभरमा ६ चौका प्रहार गर्ने पृथ्वी श लिग इतिहासकै दोश्रो क्रिकेटर बन्न पुगे

एकै ओभरमा ६ चौका हिर्काएको बारे सोधिएको प्रश्नमा शले बताए –

“म केहि पनि सोचिरहेको थिईन। म मात्र कमजोर बलको प्रतिक्षामा थिएँ। हामीले ( माभीसंग ) ४-५ वर्ष संगै खेलीसकेका छौँ त्यसैले मलाई थाहा छ उनले मलाई कहाँ बलिंग गर्छन्। म सर्ट बलको लागि तयार थिए। पहिलो ५ बल उनले मलाई हाफ-भली गरे, म सर्ट बलको लागि तयार थिए तर उनले त्यस्तो गरेनन्।”

“यस्तो विकेट जहाँ स्पिनरहरुको बल ब्याटमा राम्रो संग आईरहेको थिएन। बल थोरै रोकिएको थियियो। म उनीहरुले अफस्टम्पमा बलिंग गरोस् र हात खोल्न सकूँ भन्ने प्रतीक्षामा थिए। जबसम्म म त्यहाँ हुन्छु म आफ्नो स्कोरबारे सोच्ने गर्दिन। म आफ्नो बारे सोच्दिन, मात्र टिमको जित चाहन्छु।”

खेल पछि दिल्ली कप्तान रिशभ पन्तले पृथ्वीलाई प्राकृतिक खेल खेल्न सुझाव दिएको बताए-

“सबैलाई थाहा छ कि उनि प्रतिभाशाली खेलाडी हुन्। उनलाई आत्मविश्वास दिने हो भने उनले आश्चर्यजनक खेल खेल्न सक्छन्। म उनलाई आफ्नो प्राकृतिक खेल खेल्न भनिरहेको थिएँ। यस्तो खालको खेलमा हामि रन रेट बारे सोच्न सक्दैनौ। युवा खेलाडीलाई भन्ने एउटै कुरा हो कि क्रिकेटमा मजा लिएर खेल, आफ्नो उत्कृस्ट खेल।”

आईपीएलमा कोलकाता बिरुद्ध पृथ्वी शको रेकर्ड उत्कृस्ट रहँदै आएको छ। उनले कोलकाता बिरुद्ध खेलेको ५ खेलमा ४ वटा अर्धशतक बनाईसकेका छन्। २०१८ देखि हालसम्म उनले क्रमशः ६२, ९९, १४, ६६ र ८२ रन बनाएका छन्।

जारि सिजन राम्रो लयमा रहेका शले ७ खेलमा ३८.४२ को औशत र १६५.०३ को स्ट्राइक रेटले ३ वटा अर्धशतक प्रहार गदै २६९ रन बनाएका छन्। सर्वाधिक रनकर्ताको सुचीमा उनि शिखर धवन ( ३११ ) र फाफ डु प्लेसी ( २७० ) भन्दा पछि रहेका छन्।

पृथ्वी शको किर्तिमान

आईपीएल इतिहासमै पहिलो ओभरमा ६ चौका प्रहार गर्ने पृथ्वी पहिलो क्रिकेटर हुन् भने एकै ओभरमा ६ चौका प्रहार गर्ने अजिंके रहानेपछि दोश्रो क्रिकेटर हुन्। यस अघि राजस्थान रोयल्सबाट खेल्ने क्रममा अजिंके रहानेले सन् २०१२ मा रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए।

पृथ्वीले १८ बलमै अर्धशतक पुरा गरेका थिए। लिग इतिहासमै दिल्ली ब्याट्सम्यानको यो संयुक्तरुपमा दोश्रो छिटो अर्धशतक हो। रिशभ पन्तले २०१९ मा मुम्बई बिरुद्ध १८ बलमै अर्धशतक बनाएका थिए। सबैभन्दा छिटो क्रिस मोरिसले गुजरात लायन्स बिरुद्ध २०१६ मा १७ बलमा अर्धशतक बनाएका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ipl-m25-rep-wn21-dc-vs-kkr/

https://wicketnepal.com/mi-rs-rr-24th-m-news-wn21/

https://wicketnepal.com/sl-vs-bng-429-2nd-test-1st-d/

https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]