ENG vs WI : पहिलो इनिंग अग्रतातर्फ वेस्टइन्डिज

२०७७ असार २६, शुक्रबार १८:२२

इंग्ल्यान्ड र वेस्टइन्डिज बीच रोजबल साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टको तेश्रो दिनको खेल जारि रहेको छ।

दोश्रो दिन घरेलु टिम इंग्ल्यान्डलाई २०४ रनमै समेटेपछि ब्याटिंग सुरु गरेको वेस्टइन्डिज पहिलो इनिंगमा अग्रतातर्फ अघि बढेको छ।

दोश्रो दिनको समाप्तिमा ५७/१ बाट आफ्नो पारि सुरु गरेको भ्रमण टोलिले लन्चसम्म ३ विकेट गुमाएर १५९ रन बनाएको छ। पहिलो इनिंग अग्रता लिनबाट वेस्टइन्डिज अब ४५ रन टाढा रहेको छ।

वेस्टइन्डिजको लागि ओपनर क्रेग ब्राथवेटले अर्धशतक बनाए। १२५ बलमा ६ चौका मद्दतले उनले ६५ रन बनाए। कप्तान बेन स्टोक्सले उनलाई एलबिडब्लु आउट गरे। शाइ होप १६ रन बनाएर डम ब्लेसको बलमा क्याच आउट भए।

हाल क्रिजमा शाम्राह ब्रुक्स २७ तथा रोस्टन चेज १३ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

४३ रनको योगफलमा पहिलो विकेट गुमेपछि दोश्रो विकेटको लागि ब्राथवेट र होपले ५९ रनको साझेदारी गरेका थिए। होपको विकेटपछि ब्राथवेट र ब्रुक्सले ३८ रनको साझेदारी गरे।

जेम्स एण्डरसन ( १२-६-२५-१ ) , बेन स्टोक्स ( ६-३-२-१ ) र डोमिनिक बेस ( ६-१-२-१ ) ले समान १ विकेट लिएका छन्। जोफ्रा आर्चर ( १२-०-४१-० ) र मार्क वुड ( ११-१-४४-० ) विकेटविहिन रहेका छन्।

इंग्ल्यान्डको पहिलो इनिंग 

यस अघि पहिलो इनिंगमा इंग्ल्यान्डले २०४ रन बनाएको थियो।

इंग्ल्यान्डको लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए। ९७ बलमा ७ चौका प्रहार गरेका स्टोक्सलाई जेसन होल्डरले आउट गरेका थिए। जोस बटलरले ३५, डोमिनिक बेसले अविजित ३१ तथा ओपनर रोरी बर्नले ३० रन बनाए। वेस्टइन्डिजको लागि कप्तान जेसन होल्डर र शानोन ग्याब्रीयलले उत्कृस्ट बलिंग गरे। होल्डरले टेस्ट क्रिकेटमा आफ्नो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ६ विकेट लिए जुन क्रममा ६ मेडन ओभर गर्दै ४२ रन खर्चिए। यस्तै ग्याब्रीयलले ४ विकेट लिंदा १५.३ ओभरमा ६२ रन खर्चिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy