इंग्ल्यान्डको १० वर्षे प्रतीक्षा समाप्त, तेश्रो टेस्ट बराबरीमा टुंगियो,

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन टेस्ट म्याचको सिरिज अन्तर्गत तेश्रो टेस्ट बराबरीमा टुंगिएको छ। सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले ३ विकेटले जितेको थियो भने दोश्रो खेल बराबरीमा टुंगिएको थियो।

सिरिज १-० ले जितेको इंग्ल्यान्डले पाकिस्तान बिरुद्ध २०१० पछि पहिलो टेस्ट सिरिज जित्न सफल भएको छ। अन्तिम पटक इंग्ल्यान्डले पाकिस्तान बिरुद्ध २०१० जुलाईमा इंग्ल्यान्डमा पराजित गरेको थियो। त्यसपछि खेलिएको ४ वटा टेस्ट सिरिजमा मध्ये २ २०१२ र २०१५ मा युएईमा सम्पन्न सिरिज पाकिस्तानले जितेको थियो भने २०१६ र २०१८ मा इंग्ल्यान्डमा खेलिएको टेस्ट सिरिज बराबरीमा टुंगिएको थियो।

टेस्ट अन्तर्गत टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंगमा ५८३/८ मा इनिंग समाप्तिको घोषणा गरेको थियो। ज्याक क्रलेले २६७ तथा जोस बटलरले १५२ रन बनाउदा इंग्ल्यान्डले विशाल योगफल बनाएको थियो। पाकिस्तान पहिलो इनिंगमा २७३ रनमा समेटिन पुगेको थियो। इंग्ल्यान्डले फलो अन दिएपछि पुनः ब्याटिंग गरेको पाकिस्तानको दोश्रो इनिंग लगातार वर्षाले अवरुद्ध भएको थियो।

बाबर आजमले अविजित अर्धशतक बनाए

पाँचौ दिन १००/२ को अवस्थाबाट ब्याटिंग सुरु गरेको पाकिस्तानलाई पहिलो २ सेसन वर्षा र भिजेको मैदानका कारण खेल सुचारु हुन् नसक्दा टेस्ट जोगाउन सहज भएको थियो। पाँचौ दिन मात्र २७ ओभरको खेल सम्भव रह्यो। पाकिस्तानले ४ विकेट गुमाएर १८७ रन बनाउदा दिनको खेल समाप्त भएको थियो।

पाकिस्तानको लागि दोश्रो इनिंगमा बाबर आजमले अविजित ६३ रन बनाए। यस अघि अविद अलिले ५२, अजहर अलि ३१, असद शफिक २१, शान मसुद १८ रन बनाएर आउट भए।

इंग्ल्यान्ड तिब्र गति बलर जेम्स एन्डरसनले २ विकेट लिंदै टेस्टमा ६ सयौं विकेट पुरा गर्दै नयाँ विश्वकीर्तिमान कायम गरे। एन्डरसन अघि कुनै पनि फास्ट बलरले ६ सयौं टेस्ट विकेट लिएका थिएनन्।

टेस्ट सिरिज पछि अब दुइ देश बीच ३ वटा टि-२० को सिरिज खेलिनेछ। पहिलो टि-२० अगस्ट २८, दोश्रो टि-२० अगस्ट ३० तथा तेश्रो टि-२० सेप्टेम्बर १ मा हुनेछ। सबै तिन खेल म्यानचेस्टरमा खेलिनेछ। टि-२० सिरिज पछि इंग्ल्यान्डले अस्ट्रेलियासंग टि-२० र एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/jamaika-4th-vs-gyana-wn20-prev/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/can-sadharansabha-sthagit-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/

https://wicketnepal.com/irfan-pathan-farewell-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy