इंग्ल्यान्डको १० वर्षे प्रतीक्षा समाप्त, तेश्रो टेस्ट बराबरीमा टुंगियो,

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन टेस्ट म्याचको सिरिज अन्तर्गत तेश्रो टेस्ट बराबरीमा टुंगिएको छ। सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले ३ विकेटले जितेको थियो भने दोश्रो खेल बराबरीमा टुंगिएको थियो।

सिरिज १-० ले जितेको इंग्ल्यान्डले पाकिस्तान बिरुद्ध २०१० पछि पहिलो टेस्ट सिरिज जित्न सफल भएको छ। अन्तिम पटक इंग्ल्यान्डले पाकिस्तान बिरुद्ध २०१० जुलाईमा इंग्ल्यान्डमा पराजित गरेको थियो। त्यसपछि खेलिएको ४ वटा टेस्ट सिरिजमा मध्ये २ २०१२ र २०१५ मा युएईमा सम्पन्न सिरिज पाकिस्तानले जितेको थियो भने २०१६ र २०१८ मा इंग्ल्यान्डमा खेलिएको टेस्ट सिरिज बराबरीमा टुंगिएको थियो।

टेस्ट अन्तर्गत टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंगमा ५८३/८ मा इनिंग समाप्तिको घोषणा गरेको थियो। ज्याक क्रलेले २६७ तथा जोस बटलरले १५२ रन बनाउदा इंग्ल्यान्डले विशाल योगफल बनाएको थियो। पाकिस्तान पहिलो इनिंगमा २७३ रनमा समेटिन पुगेको थियो। इंग्ल्यान्डले फलो अन दिएपछि पुनः ब्याटिंग गरेको पाकिस्तानको दोश्रो इनिंग लगातार वर्षाले अवरुद्ध भएको थियो।

बाबर आजमले अविजित अर्धशतक बनाए

पाँचौ दिन १००/२ को अवस्थाबाट ब्याटिंग सुरु गरेको पाकिस्तानलाई पहिलो २ सेसन वर्षा र भिजेको मैदानका कारण खेल सुचारु हुन् नसक्दा टेस्ट जोगाउन सहज भएको थियो। पाँचौ दिन मात्र २७ ओभरको खेल सम्भव रह्यो। पाकिस्तानले ४ विकेट गुमाएर १८७ रन बनाउदा दिनको खेल समाप्त भएको थियो।

पाकिस्तानको लागि दोश्रो इनिंगमा बाबर आजमले अविजित ६३ रन बनाए। यस अघि अविद अलिले ५२, अजहर अलि ३१, असद शफिक २१, शान मसुद १८ रन बनाएर आउट भए।

इंग्ल्यान्ड तिब्र गति बलर जेम्स एन्डरसनले २ विकेट लिंदै टेस्टमा ६ सयौं विकेट पुरा गर्दै नयाँ विश्वकीर्तिमान कायम गरे। एन्डरसन अघि कुनै पनि फास्ट बलरले ६ सयौं टेस्ट विकेट लिएका थिएनन्।

टेस्ट सिरिज पछि अब दुइ देश बीच ३ वटा टि-२० को सिरिज खेलिनेछ। पहिलो टि-२० अगस्ट २८, दोश्रो टि-२० अगस्ट ३० तथा तेश्रो टि-२० सेप्टेम्बर १ मा हुनेछ। सबै तिन खेल म्यानचेस्टरमा खेलिनेछ। टि-२० सिरिज पछि इंग्ल्यान्डले अस्ट्रेलियासंग टि-२० र एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/jamaika-4th-vs-gyana-wn20-prev/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/can-sadharansabha-sthagit-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/

https://wicketnepal.com/irfan-pathan-farewell-wn20/





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]