इंग्ल्यान्ड र पाकिस्तान बीच इमिरेट्स ओल्ड ट्राफोर्ड, म्यानचेस्टरमा जारि तिन टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको तेश्रो दिनको खेल जारि रहेको छ।
टेस्टमा पाकिस्तानले पहिले ब्याटिंग गर्दै ३२६ रन बनाएपछि पहिलो इनिंगमा इंग्ल्यान्डले २१९ रनमै सम्पूर्ण विकेट गुमाएको छ। पहिलो इनिंगमा १०७ रनको अग्रता बनाएको पाकिस्तानले केहि बेरमा ब्याटिंग सुरु गर्नेछ।
तेश्रो दिन ९२/४ को अवस्थाबाट ब्याटिंग सुरु गरेको इंग्ल्यान्डको लागि ओली पोपले सर्वाधिक ६२ रन बनाए। उनले ११७ बलमा ८ चौका प्रहार गरे। जोस बटलरले ३८, स्टुवार्ट ब्रडले अविजित २९, क्रिस वोक्सले १९ तथा जोफ्रा आर्चरले १६ रन बनाए। ६२ रनमा ४ विकेट गुमाएको अवस्थामा ओली पोप र जोस बटलरले पाँचौ विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए।
इंग्ल्यान्डलाई सानो योगफलमा समेट्न पाकिस्तान लेग स्पिनर यासिर शाहले सर्वाधिक ४ विकेट लिए। उनले १८ ओभरमा २ मेडन ओभर गर्दी ६६ रन खर्चिए। मोहम्माब अब्बास र शदाब खानले समान २/२ विकेट तथा शाहिन अफ्रिदी र नसिम शाहले समान १/१ विकेट लिए।
पाकिस्तानको पहिलो इनिंग
खेलमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा ३२६ रन बनाएको थियो। उसको लागि ओपनर शान मसुदले करियरकै उत्कृस्ट १५६ रन बनाएका थिए जुन क्रममा ३१९ बलमा १८ चौका र २ छक्का प्रहार गरे। बाबर आजमले ६९ तथा शदाब खानले ४५ रन बनाए।
इंग्ल्यान्डको बलिंगमा स्टुवार्ट ब्रड ( १९-६-६३-१ ) र जोफ्रा आर्चरले ( २२-४-५९-३ ) समान ३ विकेट लिएका थिए।
सिरिज अन्तर्गत तिन वटा टेस्ट खेलीनेछ। दोश्रो टेस्ट अगस्ट १३ तथा तेश्रो टेस्ट अगस्ट २१ बाट सुरु हुनेछ। टेस्ट सिरिज पछि दुइ देश बीच तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।
पाकिस्तानले इंग्ल्यान्डलाई अन्तिम पटक सन् १९९६ मा टेस्ट सिरिजमा पराजित गर्न सकेको थियो।
धेरैले पढेको :-
https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/