पोप र वोक्सको अर्धशतक, इंग्ल्यान्डलाई ९९ रनको अग्रता

भारत र इंग्ल्यान्ड बीच लन्डनमा जारी चौथो टेस्टको पहिलो इनिंग्समा इंग्ल्यान्डले ८४ ओभरमा सबै विकेट गुमाएर २९० रन बनाउदै ९९ रनकको पहिलो इनिंग्सको अग्रता हाँसिल गरेको छ।

५३ रनमा ३ विकेट गुमाएको अवस्थाबाट दिनको सुरुवात गरेको इंग्ल्यान्डले पहिलो सेसनमा थप २ विकेट गुमाउन पुग्यो। १ रन बनाएका क्रेग ओभरटन र ३१ रन बनाएका डेबिड मलानलाई उमेश यादवले क्याच आउट गरे।

६२ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ओली पोपले जोनी बेयरस्टोसंग ८९ रनकको साझेदारी गरे। ३७ रन बनाएका बेयरस्टोलाई मोहम्मद सिराजले एलबिडब्लु गरे। त्यसपछि पोपले मोईन अलिसंग ७१ रनको साझेदारी गरे। ३५ रन बनाएका अलिलाई रभिन्द्र जडेजाले क्याच आउट गरे। १५९ बलमा ६ चौका मद्दतले ८१ रन बनाएका पोपलाई ठाकुरले एलबिडब्लु पारे। पोपको विकेट पछि क्रिस वोक्सले एक किनार सम्हाल्दै अग्रता लम्ब्याए। उनले अन्तिम विकेटको लागि जेम्स एण्डरसनसंग ३५ रनको साझेदारी गरे। ६० बलमा ११ चौका मद्दतले ५० रन बनाएपछि वोक्स रन आउट हुन पुगे।


भारतको बलिंगमा उमेश यादवले सर्वाधिक ३ विकेट ( १९-२-७६-३ ) लिए भने जस्प्रित बुम्राह ( २१-६-६७-२ ) र रभिन्द्र जडेजा ( १७-१-३६-२ ) ले समान २ विकेट लिए। शार्दुल ठाकुर र मोहम्मद सिराजले समान १ विकेट लिए।

टेस्टको पहिलो इनींगमा टस हारेर ब्याटिंग गरेको भारतले १९१ रन बनाएको थियो। उसको लागि शार्दुल ठाकुरले ५७ तथा कप्तान बिराट कोहलीले ५० रन बनाएका थिए। इंग्ल्यान्ड बलर क्रिस वोक्सले ४ तथा ओली रोबिन्सनले ३ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो खेलमा भारतले १५१ रनले जितेको थियो। तेश्रो खेल इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जित्दै सिरिज बराबरी गरेको थियो।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]