इंग्ल्यान्डका आक्रामक ब्याटर काठमाडौं गुर्खाजमा

इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गुर्खाजमा आबद्ध भएका छन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटमा जमेका यी विकेटकिपर–ब्याटरलाई लिएको हो ।

दक्षिण अफ्रिकामा जन्मेर अस्ट्रेलियामा हुर्किएका ३० वर्षे इस्किनाजीले मिडलसेक्सबाट इंग्लिस क्रिकेट काउन्टी खेल्दै आएका छन् । उनले ८८ प्रथम श्रेणीको क्रिकेटमा ९ शतकका साथ ४३ सय भन्दा बढी रन बनाएका छन् ।

ग्लोबल फ्रेन्चाइज लिगमा इस्किनाजीले आफूलाई आक्रामक खेलाडीको रुपमा प्रमाणित गरिसकेका छन् । द हन्ड्रेडमा उनको स्ट्राइक रेट १ सय ५१ माथि र भाइटालिटी ब्लास्टमा उनको स्ट्राइक रेट १ सय ४० माथिको रहेको छ । द हन्ड्रेडमा वेल्स फायरबाट खेल्दै इस्किनाजीले १० खेलमा २ सय ६६ र भाइटालिटी ब्लास्टमा ८७ खेलमा १ शतक र १८ शतकका साथ २५ सय भन्दमा बढि रन बनाएका छन् ।

‘स्टेफन इस्किनाजी आक्रामक खेलाडी हुन्, उनको आगमनको हामी प्रतिक्षामा छौं । नेपाल प्रिमियर लिगमा उनको अनुभव र आक्रामक स्वभावको ब्याटिङ काठमाडौं गुर्खाजलाई निकै उपयोगी हुने विश्वास हामीले लिएका छौं । नेपालमा चिसो मौसम इंग्ल्यान्डका खेलाडीका लागि निकै सुहाउँदो हुने भएकाले हामी इस्किनाजी सफल हुने अपेक्षा हामीले गरेका छौं,’ काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको विज्ञप्तिमा भनेका छन् ।

इस्किनाजीले पर्थ स्कोरचर्सबाट बिग बासमा खेलेका छन् । उनले बिग बासको १३ खेलमा २ सय ५८ रन बनाएका छन् । उनीसँग यस बाहेक बंगलादेश प्रिमियर लिग र अवुधावी टी–१० लिगको पनि अनुभव छ । ‘काठमाडौं गुर्खाजबाट टियु क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग खेल्न निकै आतुर छु, काठमाडौं जस्तो राम्रो सहरको टोलीबाट खेल्न पाउदा म आफुलाई गौरान्वित महसुस गर्दछु र एनपीएल खेल्न निकै उत्सुक छु । चाँडै तपाईंहरुसँग भेट्ने नै छु,’ इस्किनाजीले भने ।

काठमाडौं गुर्खाजले अनुबन्धन गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट र नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई गुर्खाजले यसअघि नै अनुबन्धन गरिसकेको छ ।

काठमान्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]