इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबिचको ३ खेलको टि-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज पहिलो खेल हुदैँछ। भ्रमण अन्तर्गत टि-२० पछि ३ वटा वानडेको सिरिज खेलिनेछ।
पहिलो खेल नेपाली समय अनुसार रातिको १०:४५ बाट साउथह्याम्पटन स्थित द रोज बल मैदानमा खेलिनेछ। दुबै टोलि पहिलो खेलमा जित दर्ता पार्दै सिरिजमा सुरुवाती अग्रता लिने लक्ष्यसहित मैदान उत्रनेछन्।
कोरोना भाइरसको महामारी पछि अष्ट्रेलियाको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो। उसले अन्तिम पटक न्युजिल्यान्डसंग १३ मार्चमा एकदिवसीय खेलेको थियो। इङ्ग्ल्यान्डले भने यसअघि घरेलु मैदानमा वेस्टइन्डिज, पाकिस्तान र आयरल्याण्डसंग तिनवटै फर्म्याटको सिरिज खेलीसकेको छ।
इङ्ग्ल्यान्डले यसअघि पाकिस्तानसंग घरेलु मैदानमा खेलेको ३ खेलको टि-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो। उक्त सिरिज अन्तर्गत पहिलो खेल वर्षाले नतिजाविहिन भएको थियो। दोश्रो खेलमा ५ विकेटको जित हात पारेको इंग्ल्यान्डलाई तेश्रो खेलमा पाकिस्तानले ५ विकेटलेनै पराजित गरेको थियो। त्यस अघि इंग्ल्यान्डले टेस्ट सिरिजमा पाकिस्तानलाई १-० ले पराजित गरेको थियो।
इङ्ग्ल्यान्ड टोलि : ओएन मोर्गन (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम ब्यान्टन, स्याम बिलिंग्स, जोस बटलर, साम करन, टम करन, जो डेनली, क्रिस जोर्डन, डेविड मलान, आदिल राशिद र मार्क वुड ,लियाम लिभिङस्टोन र शकिब मोहम्मद ।
बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाविरुद्ध इङ्ग्ल्यान्डले आफ्नो मजबुत टिम मैदान उत्रार्ने निश्चित छ। इङ्ग्ल्यान्डले यसअघि पाकिस्तानसँग भएको सिरिजमा तिव्र गतिका बलर जोफ्रा आर्चर र विस्फोटक ब्याट्सम्यान जोस बटलरलाई विश्राम दिएको थियो। पाकिस्तानसँगको सिरिजमा इङ्ग्ल्यान्डको फास्ट बलिंग पक्ष कमजोर देखिएको थियो।

जोफ्रा आर्चर, मार्क वुड र साम करन जस्ता प्रतिभाशाली बलरहरुको आगमनले इङ्ग्ल्यान्डको बलिंग पक्ष मजबुत बन्नेछ। इङ्ग्ल्यान्डका आक्रमक ओपनिङ ब्याट्सम्यान जेसन रोय चोटको कारण टोलिमा समावेश छैनन्। तर, पाकिस्तानसँगको सिरिजमा रोयको स्थानमा ओपनिङ ब्याटिंग गरेका २१ वर्षिय टम ब्यान्टन प्रभावशाली देखिएका थिए। ब्यान्टनले पहिलो टि-२० मा ७१ , दोश्रोमा २० तथा तेश्रोमा ४६ रन बनाएका थिए। अस्ट्रेलिया बिरुद्ध जोनि बेयरस्टो र टम ब्यान्टनले ओपनिङ गर्ने प्रवल सम्भावना रहेको छ। तर, इङ्ग्ल्यान्डसँग ओपनिङको लागि जोस बटलरको विकल्प समेत रहेको छ।
अष्ट्रेलिया टोलि : आरोन फिन्च (कप्तान) , सिन एबट, एस्टन अगर, एलेक्स केरि, प्याट कमिन्स, जोश हेजलवुड, मार्नस लाबुसेन, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, राइली मेरीडिथ, जोश फिलिपे, ड्यानियल स्याम्स, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्रु टाई, म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा ।
कोरोना भाइरसको महामारी पछि पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्न इङ्ग्ल्यान्ड पुगेको अष्ट्रेलियालाई यो निकै चुनौतीपूर्ण सिरिज रहनेछ। अष्ट्रेलियाले इङ्ग्ल्यान्ड प्रस्थान गरे पश्चात् आफ्नै खेलाडीहरु बीच ४ वटा तयारी खेलहरु खेलेको थियो। उक्त खेलमा ग्लेन म्याक्सवेल, मार्नस लाबुसेन र एलेक्स केरीले शतक बनाएका थिए। अष्ट्रेलियाको मिडल अर्डर यिनै ब्याट्सम्यानहरुले सम्हाल्ने सम्भावना रहेको छ। मार्कस स्टोइनिस र कप्तान अरोन फिन्च पनि राम्रो लयमा देखिएका थिए। विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर र स्टिभ स्मिथको उपस्थितिमा अष्ट्रेलियाको ब्याटिंग क्रम मजबुत देखिन्छ।

अष्ट्रेलियाको स्पिन र फास्ट बलिंग पक्ष सन्तुलित देखिन्छ। टोलिमा पहिलो पटक तिव्र गतिका बलर राइली मेरीडिथ समावेश छन्। ५० ओभरको तयारी खेलमा मेरेडिथले स्टिभ स्मिथको विकेटसँगै २ विकेट हात पारेका थिए।
इंग्ल्यान्ड-अस्ट्रेलिया पछिल्लो भेट
पछिल्लो पटक अष्ट्रेलिया र इङ्ग्ल्यान्डबिच टि-२० अन्तर्राष्ट्रिय खेल २०१८ मा खेलिएको थियो। उक्त खेलमा इङ्ग्ल्यान्डले २८ रनको जित हात पारेको थियो। पहिले ब्याटिंग गरेको इङ्ग्ल्यान्डले ५ विकेट क्षेतीमा २२२ रन बनाएको थियो। त्यसपश्चात दुई टोलिबिच टि-२० खेल भएको छैन। पछिल्ला ११ टि-२० अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियाले ९ खेलमा जित पात पारेको छ।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/harbhajan-singh-nakhelne-ipl-w20/
https://wicketnepal.com/jamaica-semi-barbados-out-wn20/
https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/
https://wicketnepal.com/can-head-coach-10-pad-wn20/
https://wicketnepal.com/lpl-t20-in-november-announc-wn20/
https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/
https://wicketnepal.com/malinga-not-to-play-ipl-wn20/
https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/