इंग्ल्यान्ड बार्मी आर्मी नेपाल स्थापना

इंग्ल्यान्डको क्रिकेट समर्थकको सँस्था इंग्ल्यान्ड बार्मी आर्मी (  England’s Barmy Army ) ले बिधिवत रुपमा नेपालमा आफ्नो शाखा बिस्तार गरेको छ ।

नेपालमा रहेका इंग्ल्यान्डका क्रिकेट समर्थकलाई एउटै छाताभित्र राख्नेगरि करिब ५ बर्ष अघि सुरु गरिएको बार्मी आर्मी क्रिकेट नेपालले यसै साता नेपाल सरकारको समेत स्वीकृति प्राप्त गरेको छ ।

Barmy Army Cricket Nepal ले नेपालमा क्रिकेट सम्बन्धित खेल प्रतियोगिता गराउने , क्रिकेट खेल लाइभ स्ट्रीम लगायत विपन्न तथा गरिब खेलाडीहरुको लागि सामाग्री समेत बितरण गर्ने संस्थाका अध्यक्ष नारायण प्रसाद अर्यालले बताए । उनले आगामी दिनमा नेपालमा खेल र खेलप्रेमीका लागि अत्यावश्यक खेल प्रतियोगिताहरु र सामाग्री बितरणका कार्यहरु गरेर संस्थालाई थप उचाईमा पुर्याउने उद्देश्यबाट प्रेरित रहेको कुरा जानकारी गराए। देशमा क्रिकेट खेलको बढ्दो लोकप्रियता रहेको साथै समयानुसार क्रिकेट समर्थकहरुको एकआपसमा बाँधिने प्रक्रियामा समेत यस क्लवले भूमिका निर्वाह गर्न England’s Barmy Army सँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए।

Barmy Army Cricket Nepal संस्थामा नयाँ सदस्यताको लागि आवेदन खुलाइएको छ भने नेपालमा रहेका बेलायत समर्थकहरुले Barmy Army Cricket Nepal को आवश्यक प्रक्रिया पुर्याएर सदस्यता लिन पाउने छन्।
सदस्यता  बारे जानकारी Barmy Army Cricket Nepal को आधिकारिक फेसबुक पेज या आधिकारिक इमेल [email protected] मार्फत लिन सकिनेछ ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]