इंग्ल्याण्डसंग अफगानिस्तान निरिह

मे ३० बाट इंग्ल्याण्डमा सुरु हुने एकदिवसीय विश्वकप क्रिकेट अघि अभ्यास खेलमा आयोजक इंग्ल्याण्डले अफगानिस्तानलाई ९ विकेटको ठुलो अन्तरले पराजित गरेको छ।

२०१५ मा एकदिवसीय विश्वकप डेब्यु गर्दै दोश्रो विश्वकप खेल्न लागेको अफगानिस्तानलाई विश्वकपमा आश्चर्यजनक नतिजा ल्याउने टिमको रुपमा हेरिएको छ भने इंग्ल्याण्डलाई विश्वकप जित्ने प्रमुख दावेदारको रुपमा हेरिएको छ। यस अघि आफ्नो पहिलो अभ्यास खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गरेको अफगानिस्तानले पुनः त्यस्तै नतिजाको अपेक्षा गरे पनि इंग्ल्याण्डले आफुलाई कमजोर सावित हुन दिएन।

कमजोर अफगानी ब्याटिंग, नाबीको उद्दार 

लन्डनको केंनिंगटन ओभल मैदानमा घरेलु टिमले टस जितेर अफगानिस्तानलाई ब्याटिंगको निम्तो दिएको थियो।

अत्यन्त नाजुक ब्याटिंग गर्ने क्रममा अफगानिस्तानले ८ विकेट ९२ रनको योगफलमै गुमाउन पुगेको थियो। लज्जास्पद योगफलमा समेटिने खतरालाई नवौं नम्बरमा ब्याटिंग गरेका मोहम्मद नाबीले टारे।

नवौं विकेटको लागि नाबीले अफताब आलमसंग ३५ रनको तथा दशौँ विकेटको लागि दौलात जद्रानसंग ३३ रनको साझेदारी गरेपछि उसले ३८.४ ओभरमा १६० रन बनाउन सक्यो।

नाबीले अन्तिम विकेटको रुपमा आउट हुनु अघि ४४ रन बनाए। ४२ बलमा उनले ३ छक्का र १ चौका हिर्काए। अविजित रहेका जद्रानले २० रन बनाउन १७ बलमा २ चौका र १ छक्का प्रहार गरे।

इंग्ल्याण्डको लागि बलिंगमा जोफ्रा आर्चर ( ५.४-०-३२-३ ) र जोय रुट ( ६-०-२२-३ ) ले ३/३ विकेट लिए भने मोइन अलि ( ९-१-४२-१ ) र बेन स्टोक्स ( ४-०-१४-१ ) ले १/१ विकेट लिए।

रोयको आक्रमक ब्याटिंग  

अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याउन घरेलु टिमले १७.३ ओभर मात्रै लगायो भने १ मात्र विकेट गुमायो। ओपनर जेसन रोयले अविजित ८९ रन बनाउने क्रममा ११ चौका र ४ छक्का प्रहार गर्दै सहज जित दिलाए।

जोनी बेयरस्टोले ३९ ( २२ बलमा ७ चौका र १ छक्का ) तथा जोय रुटले अविजित २९ रन बनाए।

अफगानिस्तानको लागि १ मात्र विकेट मोहम्मद नाबी ( ३-०-३४-१ ) लिए। राशिद खान ( ५-०-३२-० ) विकेट विहिन रहे।

विश्वकप अन्तर्गत इंग्ल्याण्डले आफ्नो पहिलो खेल मे ३० मा दक्षिण अफ्रीकासंग खेल्नेछ। अफगानिस्तानले अस्ट्रेलियासंग जुन १ मा खेल्दै विश्वकपको सुरुवात गर्नेछ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]