सनसनीपूर्ण खेलमा इंग्ल्यान्डद्वारा अस्ट्रेलिया २ रनले पराजित

सनसनीपूर्ण खेलमा अस्ट्रेलियालाई २ रनको झिनो अन्तरले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। गएराति द रोज बल साउथह्याम्पटन मैदानमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डले घरेलु मैदानमा रक्षा गरेको यो दोश्रो सानो लक्ष्य हो। यस अघि भारतसंग २००९ मा १५३ रनको योगफल इंग्ल्यान्डले रक्षा गरेको थियो। २ रनको हार अस्ट्रेलियाको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम रन अन्तरको हार हो। इंग्ल्यान्डको यो दोश्रो सबैभन्दा थोरै रन अन्तरको जित हो।

सनसनीपूर्ण अन्त्य  

लक्ष्य पछ्याउने क्रममा उत्कृस्ट सुरुवात गरेको अस्ट्रेलियाको लागि डेभिड वार्नर र कप्तान आरोन फिन्च पहिलो विकेटको लागि ९८ रनको साझेदारी गरे। ११ औं ओभरको अन्तिम बलमा जोफ्रा आर्चरले ४६ रन बनाएका फिन्चलाई क्याच आउट गरेर साझेदारी तोडे। फिन्चले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि खेलको १५ औं ओभरमा लेग स्पिनर आदील रशिदले स्टिभ स्मिथ ( १८ रन ) र ग्लेन म्याक्सवेल ( १ रन ) लाई एकै ओभरमा पेभेलियन फर्काए। लगत्तै ओभरमा आर्चरले ५८ रन बनाएका वार्नरलाई बोल्ड गरे। वार्नरले ४७ बलमा ४ चौका मद्दतले ५८ रन बनाए। १७ औं ओभरमा मार्क वुडले ४ रन बनाएका एलेक्स केरीलाई बोल्ड गरे।

११ ओभरमा ९८/१ बाट अस्ट्रेलिया १७ औं ओभरमा १३३/५ को अवस्थामा पुग्यो।

अन्तिम ओभर बलिंग गर्नु अघि टम करनलाई निर्देशन दिंदै कप्तान मोर्गन

अन्तिम ३ ओभरमा अस्ट्रेलियालाई जितको लागि २६ रन आवस्यक रहेको थियो। मार्कस स्टोइनिस र एस्टन एगरले टिमलाई जिततर्फ लैजाने प्रयास गरे। १८ औं ओभरमा टम करनले मात्र ७ रन खर्चिए जसपछि २ ओभरमा जित्न १९ रन आवस्यक रह्यो। १९ औं ओभरमा क्रिस जोर्डनले शानदार बलिंग गरे। उनले ओभरमा मात्र ४ रन खर्चे भने अन्तिम बलमा ४ रन बनाएका एगर रन आउट हुन पुगे।

अब अन्तिम ओभरमा जित्न १५ रन तथा बराबरी गर्न १४ रन आवस्यक थियो। टम करनले गरको अन्तिम ओभरको दोश्रो बलमा स्टोइनिसले छक्का प्रहार गरे। जित्न अब ४ बलमा ९ रन चाहियो। त्यसपछि तेश्रो बलमा करनले रन दिएनन्। चौथो र पाँचौ दुवै बलमा स्टोइनिसले २/२ रन लिए।

अब अन्तिम बलमा जित्न  ५ रन आवस्यक थियो। करनले लो फुल टस बल दिए जसमा स्टोइनिसले २ रन लिन सके। जितको नजिक पुगेर अस्ट्रेलिया हार्न पुग्यो। स्टोइनिसले १८ बलमा अविजित २३ रन बनाएर पनि जित दिलाउन सकेनन्।


इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चर ( ४-०-३३-२ ) र आदील रशिद ( ४-०-२९-२ ) ले समान २/२ विकेट लिए। मार्क वुडले १ विकेट ( १/३१ ) लिंदा क्रिस जोर्डन, टम करन र मोइन अलि विकेटविहिन रहे।

इंग्ल्यान्डको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो। उसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका दविड मलानले सर्वाधिक ६६ रन बनाए। दायाँ हाते ब्याट्सम्यानले ४३ बमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर जोस बटलरले २९ बलमा ५ चौका र २ छक्का मद्दतले ४४ रन बनाए। क्रिस जोर्डनले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। जोनी बेयरस्टो र टम बान्टनले समान ८ रन, कप्तान ओएन मोर्गनले ५ रन, मोइन अलिले २ रन तथा टम करनले ६ रन बनाए।


अस्ट्रेलियाको बलिंगमा एस्टन एगर ( ४-०-३२-२ ) , केन रिचर्डसन ( ३-०-१३-२ ) र ग्लेन म्याक्सवेल ( ३-०-१४-२ ) ले समान २ विकेट लिए। प्याट कमिन्सले १ विकेट लिंदा एडम जाम्पा विकेटविहिन रहे।

खेलको प्लेयर अफ द म्याच दविड मलान घोषित भए।

सिरिज अन्तर्गत दोश्रो टि-२० रोज बल साउथह्याम्पटनमा सेप्टेम्बर ६ आइतबार राति ७ बजे खेलिनेछ। यस्तै तेश्रो टि-२० सेप्टेम्बर ८ मा खेलिनेछ। टि-२० सिरिज पछि दुइ देशले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ।

https://wicketnepal.com/cpl-9th-m-vs-barbados-wn20/

https://wicketnepal.com/alochana-pachi-azam-le-wn20/

https://wicketnepal.com/harbhajan-singh-nakhelne-ipl-w20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/can-head-coach-10-pad-wn20/

https://wicketnepal.com/malinga-not-to-play-ipl-wn20/





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]