इंग्ल्यान्डको सिरिज जितमा ब्रड प्लेयर अफ द सिरिज

२०७७ श्रावण १३, मंगलवार २०:२०

भ्रमण टोलि वेस्टइन्डिजलाई २६९ रनले सहजै पराजित गर्दै इंग्ल्यान्डले तिन वटा टेस्टको सिरिज २-१ ले आफ्नो नाम गरेको छ। सिरिज अन्तर्गत पहिलो टेस्ट वेस्टइन्डिजले ४ विकेटले तथा दोश्रो टेस्ट ११३ रनले इंग्ल्यान्डले जितेको थियो।

इंग्ल्यान्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले दोश्रो इनिंगमा १२९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। वेस्टइन्डिजको लागि शाइ होपले सर्वाधिक ३१ रन बनाए भने जर्माइन ब्ल्याकवुडले २३, शामराह ब्रुक्सले २२ तथा क्रेग ब्राथवेटले १९ रन बनाए।

वेस्टइन्डिजलाई सस्तोमा समेट्न इंग्ल्यान्ड तिब्र गति बलर क्रिस वोक्सले ५ विकेट ( ११-०-५०-५ ) तथा स्टुवार्ट ब्रडले ४ विकेट ( ८.१-१-३६-४ ) लिए। यस क्रममा ब्रडले टेस्ट क्रिकेटमा ५ सयौं विकेट पनि पुरा गरे।

पढ्नुस ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर

टेस्टमा टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंगमा ३६९ रन बनाएको थियो। वेस्टइन्डिजले पहिलो इनिंगमा १९७ रन बनाएको थियो। इंग्ल्यान्डले दोश्रो इनिंगमा २२६/२ को योगफलमा इनिंग समाप्तिको घोषणा गर्दै ३९९ रनको लक्ष्य दिएको थियो। चौथो दिनको खेल १ बल पनि नखेली रद्द भएता पनि पाँचौ दिन इंग्ल्यान्डले जित हाँसिल गर्यो।


ब्रड प्लेयर अफ द सिरिज घोषित 

पहिलो टेस्टमा टिम बाहिर राखिएका ब्रडले दोश्रो र तेश्रो टेस्टमा शानदार प्रदर्शन गरेपछि प्लेयर अफ द सिरिज घोषित भए। उनले दोश्रो टेस्टमा ६ विकेट लिएका थिए भने तेश्रो टेस्टमा १० विकेट लिनुको साथै विस्फोटक ब्याटिंग गर्दै ६२ रन समेत बनाए। दोश्रो टेस्टको प्लेयर अफ द म्याच पनि ब्रडनै घोषित भए।

ट्रेन्डिंग न्युज 

सेप्टेम्बरमा नामिबियामा त्रिकोणात्मक सिरिज खेल्न आईसीसीद्वारा नेपाललाई प्रस्ताव

आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा, पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy