श्रीलंका बिरुद्ध इंग्ल्यान्डको इतिहासकै ठूलो रनअन्तरको जित, सिरिज क्लिनस्विप

२०७८ असार १२, शनिबार २२:५८

तेश्रो खेलमा श्रीलंकालाई ८९ रनको विशाल अन्तरले पराजित गर्दै घरेलु टोलि इंग्ल्यान्डले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले क्लिन स्विप गरेको छ। सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल घरेलु टोलिले क्रमशः ८ विकेट र ५ विकेटले ( डीएल मेथड ) जितेको थियो।

८९ रनको जित श्रीलंका बिरुद्ध इंग्ल्यान्डको इतिहासकै ठूलो रन अन्तरको जित हो। यस अघि श्रीलंका बिरुद्ध इंग्ल्यान्डको ठूलो रन अन्तरको जित ३० रनको थियो। यस्तै समग्रमा इंग्ल्यान्डको टि-२० क्रिकेट इतिहासकै यो चौथो ठूलो रन अन्तरको जित हो। श्रीलंकाको टि-२० अन्तर्राष्ट्रिय इतिहासको यो तेश्रो ठूलो रन अन्तरको हार हो। श्रीलंका यस अघि २०१९ मा अस्ट्रेलियासंग सर्वाधिक १३४ रनले तथा दोश्रो धेरै २०१७ मा भारतसंग ९३ रनले पराजित भएको थियो।

रोज बल साउथह्याम्प्टनमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ९१ रनमै समेटिन पुग्यो। श्रीलंकाको लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन, ओशाडा फर्नान्डोले १९ रन तथा निरोशन डिकवेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

इंग्ल्यान्ड बलर डेविड विलेले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए भने स्याम करनले २ विकेट तथा क्रिस वोक्स, क्रिस जोर्डन, लियाम लिभिंगस्टोन र मोईन अलिले समान १ विकेट लिए।

यस अघि टस हारेर  ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १८० रन बनाएको थियो।

इंग्ल्यान्ड ओपनर डेविड मलानले सर्वाधिक ७६ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर जोनी बेयरस्टोले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। लियाम लिभिंगस्टोनले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

Dawid Malan

१९ औं ओभरसम्म ब्याटिंग गरेका बेयरस्टोले बेयरस्टोसंग १०५ रनको ओपनिंग साझेदारी तथा दोश्रो विकेटको लागि लियाम लिभिंगस्टोनसंग ३८ रनको साझेदारी गरे। मलानलाई चमिरा दुस्मन्थाले क्याच आउट गराए।

१५ ओभरमा १४३ रन बनाएको इंग्ल्यान्डले अन्तिम ५ ओभरमा थप ५ विकेट गुमाउदा योगफलमा थप ३७ रन मात्र जोड्न सकेको थियो। दुस्मन्था चमिराले इनिंग्सको १७ औं र १९ औं ओभरमा क्रमशः ४ र ४ रन मात्र खर्चिए।

श्रीलंकाको बलिंगमा दायाँ हाते पेसर दुस्मन्था चमिराले ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै १७ रन मात्र खर्चिए। बिनुरा फर्नान्डो र इसुरु उडानाले समान १ विकेट लिए।

दुई देश बीच जुन २९ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy