इंग्ल्याण्डसंग आयरल्याण्ड ३८ रनमै अल-आउट, इतिहासमै दोश्रो छिटो

पहिलो इनिंगमा इंग्ल्याण्डलाई ८५ रनमै सिमित गरेपछि टेस्ट जित्ने उत्कृस्ट अवसर आयरल्याण्डले गुमाएको छ।

एसेज सिरिज अघि लर्ड्समा सम्पन्न एक मात्र टेस्टको पहिलो इनिंगमा इंग्ल्याण्डले ८५ रन मात्रै बनाएपछि आयरल्याण्डले २०७ रन बनाएको थियो। इंग्ल्याण्डले आफ्नो दोश्रो इनिंगमा ३०३ रन बनाएपछि आयरल्याण्डले १८२ रनको लक्ष्य पाएको थियो। तर आयरल्याण्डले अत्यन्त नाजुक ब्याटिंग गर्ने क्रममा १५.४ ओभरमा ३८ रनमै सबै विकेट गुमाउन पुग्यो र खेल १४३ रनले गुमाउन पुग्यो।

आयरल्याण्डलाई सस्तोमा समेट्न क्रिस वोक्सले ६ विकेट ( ७.४-२-१७-६ ) तथा स्टुवार्ट ब्रोडले ४ विकेट ( ८-३-१९-४ ) लिए। टेस्ट क्रिकेटमा वोक्सको यो व्यक्तिगत उत्कृस्ट बलिंग हो भने ६ विकेट लिएको यो पहिलो पटक हो।  आयरल्याण्डको लागि जेम्स म्याकोलुमले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दोश्रो इनिंगमा ९२ रन बनाएका इंग्ल्याण्ड ब्याट्सम्यान ज्याक लिच खेलको उत्कृस्ट प्लेयर चुनिए।

यस अघि पहिलो इनिंगमा इंग्ल्याण्डलाई सानो योगफलमा समेट्न आयरल्याण्ड बलर टिम मुर्टाघले ५ विकेट ( ९-२-१३-५ ) , मार्क एडेरले ३ ( ७.४-१-३२-३ ) तथा बोयड र्यांकीनले २ विकेट ( ३-१-५-२ ) लिएका थिए। यस्ती दोश्रो इनिंगमा आयरल्याण्ड बलर स्टुवार्ट थम्पसन र मार्क एडेरले समान ३/३ विकेट लिएका थिए।

आयरल्याण्डको बिर्सनलायक रेकर्ड 

३८ रन टेस्ट क्रिकेट इतिहासकै सातौँ सबैभन्दा कम योगफल हो। सन् १९५५ मा न्युजिल्याण्ड इंग्ल्याण्डसंग २६ रनमा अलआउट भएको थियो।

Lowest all out totals in Tests
26 NZ v Eng Auckland 1955
30 SA v Eng P Elizabeth 1896
30 SA v Eng Edgbaston 1924
35 SA v Eng Cape Town 1899
36 Aus v Eng Edgbaston 1902
36 SA v Aus MCG 1932
38 Ire v Eng Lord’s 2019

यस्तै पहिलो टेस्ट जित्दा कुनै पनि टिमले पहिलो इनिंगमा बनाएको यो ११२ वर्ष यताको सबैभन्दा कम योगफल हो। सन् १९०७ मा इंग्ल्याण्डले पहिलो इनिंगमा ७६ रन बनाएर टेस्ट जितेको थियो। सन् १८८६ मा इंग्ल्याण्डले अस्ट्रेलियासंग पहिलो इनिंगमा ४५ रन बनाएर पनि जितेको थियो।

Lowest first innings total of a Test in a win
45 Eng vs Aus SCG 1886/87
63 Aus vs Eng The Oval 1882
75 Eng vs Aus MCG 1894/95
76 Eng vs SA Leeds 1907
85 Eng vs Ire Lord’s 2019 – lowest in 112 years

९४ बलमात्रै खेलेर अल-आउट भएको आयरल्याण्ड टेस्ट क्रिकेट इतिहासमा संयुक्त रुपमा दोश्रो थोरै बलमा आउट हुने टिम बन्यो। १९२४ र १८९६ मा दक्षिण अफ्रीका इंग्ल्याण्डसंग तथा १९०२ मा इंग्ल्याण्ड अस्ट्रेलियासंग ९४ बलमा अल-आउट भएको थियो।

इंग्ल्याण्डले अगस्ट १ देखि एसेज सिरिज खेल्दैछ। दोश्रो टेस्ट अगस्ट १४ अगस्ट, तेश्रो २२ अगस्ट, चौथो सेप्टेम्बर ४ र अन्तिम टेस्ट सेप्टेम्बर १२ मा खेलिनेछ। एसेज सिरिजपछि इंग्ल्याण्डले न्युजिल्याण्डसंग ५ वटा टि-२० र २ वटा टेस्ट खेल्ने तालिका रहेको छ।

( रेकर्ड श्रोत – क्रिक्बज )





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]