न्युजिल्यान्डको इंग्ल्यान्ड भ्रमण अन्तर्गत दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट चौथो दिनको खेल सकिंदा न्युजिल्यान्डले दोश्रो इनिंग्समा १६५ रनको अग्रता लिएको छ।
आफ्नो पहिलो इनिंग्समा इंग्ल्यान्ड २७५ रनमा समेटिन पुगेपछि पहिलो इनिंग्समा १०३ रनको अग्रता पाएको न्युजिल्यान्डले चौथो दिन अन्तिम सत्रमा ३० ओभर ब्याटिंग गर्दा ६२ रन बनाउदा २ विकेट गुमाएको छ।
यो अवस्थामा अब पाँचौ दिन बिहानी सत्रमा ब्याटिंग गर्दै न्युजिल्यान्डले ३०० वरिपरीको लक्ष्य इंग्ल्यान्डलाई दिएर आफु सुरक्षित हुँदै इंग्ल्यान्डलाई छिट्टै अलआउट गर्ने प्रयास गर्नेछ। त्यसको लागि न्युजिल्यान्डले पहिलो ३०-४० ओभरमा कम्तिमा १३५ रन बनाउनु पर्नेछ।
न्युजिल्यान्डका ओपनर टम लाथम ३० रन तथा चौथो नम्बरमा आएका निल वाग्नर २ रनमा अविजित रहेका छन्। अघिल्लो इनिंग्समा दोहोरो शतक बनाएका ओपनर डेभोन कन्वे २३ रन बनाएर तथा कप्तान केन विलियमसन १ रन बनाएर आउट भए। दुवै ब्याट्सम्यानको विकेट दायाँ हाते पेसर ओली रोबिन्सनले लय जसले ९ ओभर बलिंग गर्दा ४ मेडन ओभर गर्दै ८ रन खर्चेका छन्।
तेश्रो दिनको समाप्तिमा १११/२ को अवस्थाबाट चौथो दिन आफ्नो पहिलो इनिंग्स अघि बढाएको इंग्ल्यान्डले चियासत्र अघि सम्पूर्ण विकेट गुमाउदै २७५ रन बनाएको थियो।

इंग्ल्यान्डको लागि ओपनर रोरी बर्न्सले अन्तिम विकेटको रुपमा आउट हुनु अघि तेश्रो टेस्ट शतक पुरा गर्दै १३२ रन योगदान दिए। बर्न्सले २९७ बलमा १६ चौका र १ छक्का प्रहार गरे। कप्तान जो रुट र ओली रोबिन्सनले समान ४२ रन योगदान दिए।
बर्न्सले सातौँ विकेटको लागि रोबिन्सनसंग ६३ रनको तथा दशौँ विकेटको लागि जेम्स एण्डरसनसंग ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। एण्डरसनले अविजित रहँदै २० बलमा ८ रन बनाए।
न्युजिल्यान्डको बलिंगमा दायाँ हाते पेसर टिम साउदी एक्लैले ६ विकेट लिए जुन क्रममा २५.१ ओभरमा ८ मेडन ओभर गर्दै ४३ रन खर्चिए। कायल जेमीसनले ३ विकेट ( २६-८-८५-३ ) लिए भने निल वाग्नरले १ विकेट ( २४-३-८३-१) लिए।
न्युजिल्यान्डले पहिलो इनिंग्समा ३७८ रन बनाएको थियो जसको लागि डेब्यु गरिरहेका ओपनर डेले कनवेले २०० रन बनाएका थिए।
धेरैले पढेको
https://wicketnepal.com/sandeep-ko-contract-radda-wn21/
https://wicketnepal.com/debyu-mai-dohoro-shatak-banaudai-conway/
https://wicketnepal.com/icc-nirnaya-team-sankhya-badhyo-icc/
https://wicketnepal.com/jaba-nepal-2-ball-ma-jiteko-thyo/
https://wicketnepal.com/gbr-dubo-ropna-suru-photo/
