विश्वकप क्रिकेट : इंग्ल्याण्ड र न्युजिल्याण्डको सहज जित

इंग्ल्याण्ड र वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिवार राति सम्पन्न खेलहरुमा इंग्ल्याण्ड र न्युजिल्याण्डले सहज जित दर्ता गरेका छन्। प्रतियोगितामा इंग्ल्याण्डको यो दोस्रो जित हो भने न्युजिल्याण्डले तेस्रो जित हात पारेको हो।

लगातार तेस्रो खेलमा जित हात पार्ने क्रममा न्युजिल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो। यस्तै अर्को खेलमा भने घरेलु टोली इंग्ल्याण्डले बंगलादेशलाई १०६ रनको फराकिलो अन्तरले पाखा लगायो।

Points Table

जितसंगै न्युजिल्याण्ड अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ। ३ खेलमा ३ जित हात पारेको उसको ६ अंक रहंदा २.१६३ को सुखद रनरेट रहेको छ। यस्तै बंगलादेश बिरुद्धको जितपछि इंग्ल्याण्ड अंकतालिकामा दोस्रो स्थानमा आइपुगेको छ। ३ खेलमा २ जित र १ हार रहेको इंग्ल्याण्डले ४ अंक बटुलेको छ।

१२ बर्षपछि विश्वकपमा बंगलादेश बिरुद्ध इंग्ल्याण्डको जित :

शनिवारको पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डले बंगलादेश बिरुद्ध १०६ रनको फराकिलो जित हात पार्यो। विश्वकप इतिहासमा इंग्ल्याण्डले बंगलादेशलाई १२ बर्ष पछि हराएको हो। यसअघि सन् २००७ विश्वकपमा बंगलादेशलाई पराजित गरेको इंग्ल्याण्डले सन् २०११ र सन् २०१५ विश्वकपमा बंगलादेशसंग हार चाखेको थियो।

इंग्ल्याण्डलाई बिशाल जित दिलाउने क्रममा जेसन रोएले सानदार शतक जोडे। टस हारेर ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन जोड्दा रोए एक्लैले १५३ रनको इनिंग खेले।

Jason Roy
Jason Roy

खेलको प्लेयर अफ दि म्याच चुनिएका रोएले १२१ बलमा १४ चौका र ५ छक्का सहित १५३ रन जोडे। रोएसंगै जोंनी बेयर्स्टोले ५१ रन जोड्दा इंग्ल्याण्डले १२८ रनको ओपनिंग साझेदारी पाएको थियो।

बंगलादेशको बलिंगमा मोहम्मद सैफ्फुदीन र मेहेदी हसनको नाममा समान २-२ रहेपनि सबै बलरहरु महँगो साबित भए।

जवाफमा ३८७ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाउन अघि २८० रन मात्र जोड्न सक्यो। उसको चेजमा शाकिब अल हसनले शतक बनाएपनि अन्य ब्याट्सम्यानले खास योगदान दिन सकेनन्।

Shakib Al Hasan
Shakib Al Hasan

११९ बल खेल्दै १२ चौका र १ छक्का सहित शाकिबले १२१ रन जोडे। यस्तै मुश्फिकुर रहिमले ४४ र महाम्दुल्लाले २८ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन।

इंग्ल्याण्डको बलिंगमा जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३-३ विकेट हात पारे। यस्तै मार्क वुडको नाममा २ विकेट रह्यो।

न्युजिल्याण्ड बिरुद्ध अफगानिस्तान निरिह :

शनिवारकै दोस्रो खेलमा भने आफ्नो दोस्रो विश्वकप खेलिरहेको एसियाली टोली अफगानिस्तान, न्युजिल्याण्ड बिरुद्ध कमजोर साबित भयो। टउन्टनमा सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तान बिरुद्ध ७ विकेटको सहज जित दर्ता गर्यो।

टस हारेर ब्याटिंग गर्दै अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य न्युजिल्याण्डले ३२.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। उसको चेजमा कप्तान केन विलियम्सनले ७९ तथा रस टेलरले ४८ रनको इनिंग खेले।

Kane Williamson
Kane Williamson

अफगानिस्तानका अफ्ताब आलमले ३ विकेट हात पारेपनि स्पिनरहरुले विकेट लिन नसक्दा अफगानिस्तान सहजै पराजित बन्यो।

यसअघि पहिले ब्याटिंग गरेको अफगानिस्तानले हस्मतुल्लाह शाहिदीको अर्धशतकको सहयोगमा १७२ रन जोडेको थियो। शाहिदीले ५९  जोड्न बाहेक अन्य ब्याट्सम्यानले खास प्रदर्शन गर्न सकेनन्। अफगानिस्तानका ७ ब्याट्सम्यान दोहोरो अंकमा रन नजोड्दै पभेलियन फर्किएका थिए।

न्युजिल्याण्डको बलिंगमा जेम्स निशमले ५ विकेट ( १०-१-३१-५ ) तथा लक्की फर्गुसनले ४ विकेट ( ९.१-३-३७-४ ) हात पारे। खेलको प्लेयर अफ दि म्याच निशम घोषित भए।

Photos : (@cricketworldcup)





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]