इङ्ग्ल्यान्ड र पाकिस्तान टेस्ट सिरिज सुरु, समाप्त होला पाकिस्तानको २४ वर्षको प्रतीक्षा

इङ्ग्ल्यान्ड र पाकिस्तानबिचको ३ टेस्टको सिरिज आजबाट म्यान्चेस्टरको ओल्ड ट्राफर्डमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बाट सुरु हुनेछ।

कोभिड-१९ महामारीको कारण ठप्प बनेको क्रीकेट गतिविधि इङ्ग्ल्यान्डको जमिनबाट गति लिन सुरु गरेको हो । इङ्ग्ल्यान्डले गत महिना घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध तीन टेस्टको शृङ्खला खेलेको थियो । निकै रोमाञ्चक सिरिजमा इङ्ग्ल्यान्डले पहिलो खेलमा पछाडि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै विसडन ट्रफी आफ्नो नाम गरेको थियो ।

इङ्ग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा शानदार जित हात पार्दै आफ्नो मनोबल उच्च बनाएको छ । कोरोना भाइरसको महामारी पछि पाकिस्तानको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो । एक महिना अघि इङ्ग्ल्यान्ड प्रस्थान गरेको पाकिस्तानले त्यहाँको माहोलमा भिज्न पर्याप्त समय पाएको छ । पाकिस्तानले वेस्टइन्डिजविरुद्ध इङ्ग्ल्यान्डको प्रदर्शन नजिकबाट नियालेका छन् । पाकिस्तानी खेलाडी इंग्ल्यान्डको वातावरणमा घुलमिल भैसकेको कारण उनिहरुलाई पक्कै सहज हुनेछ। शानदार लयमा रहेको इङ्ग्ल्यान्डलाई युवा जोसले भरिपूर्ण भ्रमण टोलिले कठिन चुनौती पेस गर्ने विश्वास गरिएको छ।

अन्तिम पटक १९९६ मा पाकिस्तानले इंग्ल्यान्डमा टेस्ट सिरिज जितेको थियो। २४ वर्षे प्रतीक्षा समाप्त गर्ने धुनमा पाकिस्तान टिम रहनेछ।

मजबुत बलिङ बीच प्रतिस्पर्धा

दुबै टोलिको बलिङ आक्रमण बलियो पक्ष रहेको छ । ब्रड, आर्चर र एन्डरसनको उपस्थितीमा इङ्ग्ल्यान्डको फास्ट बलिङ निकै मजबुत देखिन्छ । इन्डिजविरुद्धको सिरिजमा ब्रड उत्कृष्ट खेलाडी घोषित भएका थिए । इङ्ग्ल्यान्डसँग वोक्स, साम करन र मार्क वुड जस्ता प्रतिभाशाली खेलाडी विकल्पको सुचीमा रहेका छन् । अनुभवी फास्ट बलर रहेका कारण घरेलु टोलिले पाकिस्तानको ब्याट्सम्यानलाई कठिन प्रश्न सोध्ने छन् ।

टेस्ट क्रिकेटमा ५ सय विकेट पुरा गरेका ब्रड उच्चलयमा छन्

पाकिस्तानको युवा फास्ट बलरले इङ्ग्ल्यान्डको मजबुत ब्याटिङ क्रमलाई ठुलो चुनौती पेस गर्ने अनुमान गर्न सकिन्छ । पाकिस्तानका नसिम शाह, शाहिन अफ्रिदी, मोहम्मद अब्बास घरेलु टोलिको लागि घातक सावित हुन सक्छन् । उनिहरुले आफ्नो छोटो करियरमा आफुलाई भरपर्दो बलरको रुपमा उभाइसकेका छन् । पाकिस्तानका अनुभवी लेग स्पिनर यासिर शाहको अनुभव पाकिस्तानको लागि फाइदाजनक हुन सक्छ ।

ब्याटिंग पक्ष

इङ्ग्ल्यान्डको माथिल्लो क्रमका ब्याट्सम्यान राम्रो लयमा रहेका छन् । स्टोक्स र रुटको उपस्थितमा घरेलु टोलि निकै राम्रो देखिन्छ । बलरहरुले मध्य क्रममा आएर बिस्फोट पारी खेल्ने हैसियत राख्छन् । बट्लर पनि इन्डिजविरुद्ध राम्रो लयना देखिएका थिए । घरेलु टोलिलाई रोक्न पाकिस्तानका युवा बलरलाई निकै मिहिनेत गर्नुपर्ने हुन्छ । पाकिस्तानले खेलमा कडा प्रतिस्पर्धा गर्न स्टोक्स र रुटलाई चाडै आउट गर्नुपर्ने हुन्छ।

बाबर आजमले पाकिस्तानी ब्याटिंगको नेतृत्व गर्नेछन्। पाकिस्तानको ओपनिङ आबिद अली र शन मसुदले गर्ने छन् । तेस्रो नम्बरमा कप्तान अजहर अली र चौथो नम्बरमा बाबर आजमले गर्नेछन् । पाकिस्तानको ब्याटिङ यी चार खेलाडीमा धेरै निर्भर रहने छ । बाबरले पछिल्लो ५ टेस्टमा ३ शतक प्रहार गरेका छन् । पाकिस्तानलाई सस्तोमा रोक्न इङ्ग्ल्यान्डका बलरले बाबर आजमलाई चाडै पेभेलियनको बाटो देखाउनु पर्ने हुन्छ । पाँचौ नम्बरमा असाद शफीकले गर्ने छन् । विकेटकिपरमा मोहम्मद रिजवानको बलियो सम्भावना छ ।

हेड टु हेड

पछिल्लो ६ खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३ पटक पराजित गरेको छ । यी दुई टोलि अहिलेसम्म ८३ पटक आमने-सामने भएका छन् । इङ्ग्ल्यान्डले २५ पटक पाकिस्तानमाथी जित हात पारेको छ भने पाकिस्तानले २१ पटक जित हासिल गरेको छ । ३७ खेल बराबरिमा सिमित भएको छ ।


दुबै देशलाई टेष्ट च्याम्पियनसिपमा अंक तालिका सुधार गर्ने अवसर रहेको छ । इंग्ल्यान्ड २ सय २६ अंकका साथ तेस्रो स्थानमा छ । पाकिस्तान १ सय ४० अंकका साथ पाँचौ स्थानमा छ । भारत ३ सय ६० अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको २ सय ९६ अंक छ ।

PAK SQUAD: Azhar Ali (captain), Babar Azam (vice-captain), Abid Ali, Asad Shafiq, Fawad Alam, Imam-ul-Haq, Kashif Bhatti, Mohammad Abbas, Mohammad Rizwan, Naseem Shah, Sarfaraz Ahmed, Shadab Khan, Shaheen Afridi, Shan Masood, Sohail Khan and Yasir Shah.

ENG SQUAD: Joe Root ( capt), James Anderson , Jofra Archer , Dominic Bess , Stuart Broad , Rory Burns (Surrey), Jos Buttler (wk), Zak Crawley, Sam Curran , Ollie Pope , Dom Sibley , Ben Stokes , Chris Woakes , Mark Wood .





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]