इंग्ल्यान्डलाई झिनो अग्रता

न्युजिल्यान्ड र इंग्ल्यान्ड बीच एजब्यास्टनमा जारी टेस्टको तेश्रोको दिन समाप्तिमा घरेलु टोलि इंग्ल्यान्ड हार नजिक पुगेको छ।

पहिलो इनिंग्समा ८५ रनले पछि परेको इंग्ल्यान्डले दोश्रो इनिंग्समा ४१ ओभर ब्याटिंग गर्दा १२२ रन बनाउदा ९ विकेट गुमाईसकेको छ। इंग्ल्यान्डले ३७ रनको दोश्रो इनिंग्सको अग्रता लिएको छ र साथमा १ विकेट मात्र बाँकी रहेको छ। क्रिजमा ओली स्टोन १५ रन तथा जेम्स एण्डरसन खाता नखोली ब्याटिंग गरिरहेका छन्। चौथो दिन १ विकेट हातमा रहेको इंग्ल्यान्डले सक्दो अग्रता बढाउन चाहनेछ।

कमजोर ब्याटिंग गरेको इंग्ल्यान्डले ७६ रनमै ७ विकेट गुमाएको थियो। आठौँ विकेटको लागि ओली स्टोन र मार्क वुडले ४६ रनको साझेदारी गर्दै अग्रतातर्फ डोर्याए। २९ रन बनाएका वुड आउट भएपछि न्युजिल्यान्ड पुनः हावी बनेको हो। यस अघि ओली पोप २३ रन, ज्याक क्रले १७ रन, जो रुट ११ रन, डोमिनिक सिबले र जेम्स ब्रेसे समान ८ रन तथा रोरी बर्न्स र ड्यानियल लरेन्स खाता नखोली आउट भए।

न्युजिल्यान्डको बलिंगमा म्याट हेनरी ( १२-२-३६-३ ) र निल वाग्नर ( १०-१-१८-३ ) ले समान ३ विकेट लिए। एजाज पटेलले २ विकेट ( ९-४-२५-२ ) र ट्रेन्ट बोल्टले ( १०-२-३४-१ ) ले १ विकेट लिए।

न्युजिल्यान्डको दोश्रो इनिंग्स

यस अघि दोश्रो दिनको समाप्तिमा २२९/३ को अवस्थाबाट ब्याटिंग सुरु गरेको न्युजिल्यान्डले तेश्रो दिन ब्याटिङ्ग सुरु गर्दै ११९.१ ओभर ब्याटिंग गर्दै ३८८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

स्टुवार्ट ब्रोडले ४ विकेट लिए

न्युजिल्यान्डको लागि विल योंगले सर्वाधिक ८२ रन बनाए भने रोस टेलर र डेभोन कनवेले समान ८० रन बनाए। इंग्ल्यान्ड बलर स्टुवार्ट ब्रोडले ४ विकेट ( २३.१-८-४८-४ ) , मार्क वुड ( २५-३-८५-२ ) र ओली स्टोन ( २४-५-९२-२ ) ले समान २ विकेट लिए। जेम्स एण्डरसन ( २९-९-६८-१ ) र ड्यानियल लरेन्स ( ३-०-१६-१ ) ले समान १ विकेट लिए।

इंग्ल्यान्डले पहिलो इनिंग्समा ड्यानियल लरेन्स र रोरी बर्न्सको समान ८१ रनको मद्दतले ३०३ रन बनाएको थियो। न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्टले ४ तथा म्याट हेनरीले ३ विकेट लिएका थिए।

सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]