एण्डरसन र रुटको प्रदर्शनले इंग्ल्यान्ड सन्तुलनमा

भारत र इंग्ल्यान्ड बीच लर्ड्समा जारि दोश्रो टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्तिमा पहिलो इनिंग्स ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले ३ विकेट क्षेतीमा ११९ रन बनाएको छ। यस अघि भारतले पहिलो इनिंग्समा ३६४ रन बनाएको थियो। पहिलो इनिंग्समा इंग्ल्यान्ड अझै २४५ रनले पछि रहेको छ।

दिनको समाप्तिमा इंग्ल्यान्ड कप्तान जो रुट ४८ रनमा तथा जोनी बेयरस्टो ६ रन बनाएर अविजित छन्। रुटले ७५ बलमा ६ चौका प्रहार गरेका छन्। यस अघि ओपनर रोरी बर्न्स १३६ बलमा ७ चौका मद्दतले ४९ रन बनाएर आउट भए। डोमिनिक सिबले ११ तथा हसिब हमिद खाता नखोली आउट भए। मोहम्मद सिराजले लगातार बलमा सिबले र हमिदको विकेट लिएपछि रुट र बर्न्सले तेश्रो विकेटको लागि ८५ रनको साझेदारी गरेका थिए। बर्न्सलाई मोहम्मद शामीले एलबिडब्लु परे।

भारतको बलिंगमा मोहम्मद सिराजले २ विकेट ( १३-४-३४-२ ) र मोहम्मद शामीले १ विकेट ( ८-२-३४-१ ) लिएका छन्।


यस अघि भारतले पहिलो इनिंग्समा १२६.१ ओभर ब्याटिंग गर्दै ३६४ रनमा सबै विकेट गुमाएको थियो। दिनको सुरुवात २७६/३ को अवस्थाबाट गरेको भारतले दोश्रो दिन थप ३६.१ ओभर ब्याटिंग गर्दा ८८ रन जोड्यो भने ७ विकेट गुमाउन पुग्यो।

भारतको लागि ओपनर केएल राहुलले करियरको छैठौं शतक बनाउने क्रममा सर्वाधिक १२९ रन बनाए जुन क्रममा २५० बलमा १२ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर रोहित शर्माले ८३ रन, बिराट कोहलीले ४२ रन, रभीन्द्र जडेजाले ४० रन तथा रिशभ पन्तले ४२ रन बनाए। इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसनले सर्वाधिक ५ विकेट ( २९-७-६२-५ ) लिए भने ओली रोबिन्सन ( ३३-१०-७३-२ ) र मार्क वुड ( २४.१-२-९१-२ ) ले समान २ विकेट लिए। मोइन अलिले १ विकेट लिए।

पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित बनेपछि बराबरीमा टुंगिएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy