एण्डरसन र रुटको प्रदर्शनले इंग्ल्यान्ड सन्तुलनमा

भारत र इंग्ल्यान्ड बीच लर्ड्समा जारि दोश्रो टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्तिमा पहिलो इनिंग्स ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले ३ विकेट क्षेतीमा ११९ रन बनाएको छ। यस अघि भारतले पहिलो इनिंग्समा ३६४ रन बनाएको थियो। पहिलो इनिंग्समा इंग्ल्यान्ड अझै २४५ रनले पछि रहेको छ।

दिनको समाप्तिमा इंग्ल्यान्ड कप्तान जो रुट ४८ रनमा तथा जोनी बेयरस्टो ६ रन बनाएर अविजित छन्। रुटले ७५ बलमा ६ चौका प्रहार गरेका छन्। यस अघि ओपनर रोरी बर्न्स १३६ बलमा ७ चौका मद्दतले ४९ रन बनाएर आउट भए। डोमिनिक सिबले ११ तथा हसिब हमिद खाता नखोली आउट भए। मोहम्मद सिराजले लगातार बलमा सिबले र हमिदको विकेट लिएपछि रुट र बर्न्सले तेश्रो विकेटको लागि ८५ रनको साझेदारी गरेका थिए। बर्न्सलाई मोहम्मद शामीले एलबिडब्लु परे।

भारतको बलिंगमा मोहम्मद सिराजले २ विकेट ( १३-४-३४-२ ) र मोहम्मद शामीले १ विकेट ( ८-२-३४-१ ) लिएका छन्।


यस अघि भारतले पहिलो इनिंग्समा १२६.१ ओभर ब्याटिंग गर्दै ३६४ रनमा सबै विकेट गुमाएको थियो। दिनको सुरुवात २७६/३ को अवस्थाबाट गरेको भारतले दोश्रो दिन थप ३६.१ ओभर ब्याटिंग गर्दा ८८ रन जोड्यो भने ७ विकेट गुमाउन पुग्यो।

भारतको लागि ओपनर केएल राहुलले करियरको छैठौं शतक बनाउने क्रममा सर्वाधिक १२९ रन बनाए जुन क्रममा २५० बलमा १२ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर रोहित शर्माले ८३ रन, बिराट कोहलीले ४२ रन, रभीन्द्र जडेजाले ४० रन तथा रिशभ पन्तले ४२ रन बनाए। इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसनले सर्वाधिक ५ विकेट ( २९-७-६२-५ ) लिए भने ओली रोबिन्सन ( ३३-१०-७३-२ ) र मार्क वुड ( २४.१-२-९१-२ ) ले समान २ विकेट लिए। मोइन अलिले १ विकेट लिए।

पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित बनेपछि बराबरीमा टुंगिएको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]