T20WC : बंगलादेश बिरुद्ध शानदार जित पछि इंग्ल्यान्ड समुह ‘१’ को शिर्षमा

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणमा इंग्ल्यान्डले आफ्नो शानदार लय जारी राख्ने क्रममा बंगलादेशलाई ८ विकेटले सहजै पराजित गरेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य इंग्ल्यान्डले मात्र २ विकेट क्षेतीमा ३५ बल बाँकी रहँदै भेटायो। ओपनर जेसन रोयले मात्र ३८ बलमा ५ चौका र ३ छक्का मद्दतले ६१ रन बनाउदा इंग्ल्यान्डको जित सहज बन्यो। रोयले ३३ बलमा अर्धशतक पुरा गरे। डेविड मलानले अविजित २८ तथा जोस बटलरले १८ रन बनाए। रोयले बटलरसंग ३९ रनको तथा मलानसंग ७३ रनको साझेदारी गरे।

टस जितेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ९ विकेट क्षेतीमा १२४ रन मात्र बनाउन सकेको थियो। उसको लागि मुस्फिकुर रहिमले सर्वाधिक २९, नसुम एहमद र महमुदुल्लाहले समान १९ रन तथा नुरुल हसनले १६ रन योगदान दिए। मोईन अलिले ओपनर लिटन दास र मोहम्मद नैमलाई सुरुवातमै पेभेलियन फर्काएपछि बंगलादेशले खुलेर ब्याटिंग गर्न सकेन। शाकिब अल हसन पनि छिट्टै आउट भएपछि रहिम र महमुदुल्लाहले चौथो विकेटको लागि ३७ रनको साझेदारी गरे पछि खेलमा त्यो भन्दा ठूलो साझेदारी बन्न सकेन।

इंग्ल्यान्ड बलर टाईमल मिल्सले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए भने मोईन अलि ( ३-०-१८-२ ) र लियम लिभिंगस्टोनले ( ३-०-१५-२ ) समान २ विकेट तथा क्रिस वोक्सले १ विकेट ( ४-०-१२-१ ) लिए।

जितपछि इंग्ल्यान्ड समुह ‘१’ को शिर्ष स्थानमा उक्लेको छ जसले दुवै खेलमा जित दर्ता गर्दा ४ अंक बटुलेको छ। पहिलो खेलमा इंग्ल्यान्डले वेस्टइन्डिजलाई पराजित गरेको थियो। लगातार दोश्रो हार पछि बंगलादेश भने पाँचौ स्थानमा रहेको छ। वेस्टइन्डिज पनि २ हारको साथ पुछारमा छ। इंग्ल्यान्डले आगामी खेल अस्ट्रेलियासंग अक्टोबर ३० तारिखमा तथा बंगलादेशले अक्टोबर २९ तारिखमा वेस्टइन्डिजसंग खेल्नेछ। बंगलादेश र वेस्टइन्डिजको लागि आगामी खेल ‘गर या मर’ को अवस्था हुनेछ।

अंकतालिका 





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]