रोमान्चक मोडमा टेस्ट

२०७५ मंसिर २, आईतवार ०८:४८

  • विकेटनेपाल, मङ्सिर -२ 

इंग्ल्याण्ड र श्रीलंका बीच जारि ३ टेस्टको सिरिज अन्तर्गत दोश्रो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

श्रीलंका पालेकेलेमा जारी टेस्टमा दोश्रो इनिंग ब्याटिंग गरेको इंग्ल्याण्डले ३४६ रन बनाएपछि श्रीलंकालाई टेस्ट जित्न ३०१ रनको लक्ष्य पाएको छ।

वर्षाको कारण चौथो दिनको खेल समय हुनु अघिनै रोकिन पुग्दा श्रीलंकालाई जित र सिरिज बराबरी गर्नको लागि अझै ७५ रन आवस्यक छ जुन अवस्थामा ३ विकेट मात्रै बाँकी रहेको छ।

पाँचौ दिन श्रीलंकाले २२६/७ को स्थितिबाट खेल सुरु गर्नेछ। निरोशन डिकवेला २७ रन बनेर ब्याटिंग गरिरहेका छन् भने एक नयाँ ब्याट्सम्यानले उनलाई साथ दिनेछन्।

श्रीलंकाको लागि यस अघि एन्जेलो म्याथुजले ८८ रन तथा ओपनर दिमुथ करुनारत्नेले ५७ रन बनाएर आउट भएका थिए। २६/३ को खराब अवस्थाबाट चौथो विकेटको लागि करुनारत्ने र म्याथुजले ७७ रनको साझेदारी गरेका थिए। म्याथुजले पाँचौ विकेटको लागि रोशेन सिल्भा ( ३७ रन ) संग ७३ रनको साझेदारी गरे।

मात्र तेश्रो टेस्ट खेलीरहेका इन्ग्यांड स्पिनर ज्याक लिचले ४ विकेट ( २३.२-२-७३-४ ) लिएका छन् भने मोइन अलिले २ र आदील रशिदले १ विकेट लिएका छन्।

एन्जेलो म्याथुजले ८८ रन बनाए

यस अघि तेश्रो दिन सकिंदा इंग्ल्याण्ड ९ विकेट गुमाएर ३२४ रन बनाएको थियो जसपछि २२ रन थप बनाएर पुरा विकेट गुमाउन पुग्यो र ३०० रनको अग्रता लिन सक्यो। बेन फोक्सले अविजित ६५ रन बनाए।

इंग्ल्याण्डको लागि यस अघि टेस्ट करियरको १५ औं शतक तथा इंग्ल्याण्ड बाहिर चौथो शतक बनाउने क्रममा रुटले १४६ बलमा १० चौका र २ छक्का प्रहार गर्दै १२४ रन बनाएका थिए।

यस अघि टेस्टको पहिलो दिन टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ७५.४ ओभर ब्याटिंग गर्दै २८५ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।इंग्ल्याण्डको लागि स्याम कुरानले सर्वाधिक ६४ ( ११९ बल १ चौका र ६ छक्का ) तथा जोस बटलरले ६३ रन ( ६७ बल, ७ चौका ) योगदान दिएका थिए। श्रीलंकन स्पिनर दिलरुवान परेराले ४ विकेट लिएका थिए।

Joe Root
Joe Root

श्रीलंकाको पहिलो इनिंगमा रोशेन सिल्भाले ८५ , दिमुथ करुनारत्नेले ६३ तथा धनन्जय डी सिल्भाले ५९ रन योगदान दिएपछि ३३६ रन बनाएको थियो। भ्रमण टोलिको लागि ज्याक लिच र आदील राशिदले समान ३/३ विकेट लिएका थिए।

३ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्ड २११ रनले विजयी भएको थियो। दुई टिम बीच यस अघि सम्पन्न ५ एकदिवसीयको सिरिज इंग्ल्याण्डले ३-१ ले जितेको थियो भने एक मात्र टि-२० पनि इंग्ल्याण्डले जितेको थियो।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy