इंग्ल्यान्ड ‘द हन्ड्रेड’ लिगको ड्राफ्टमा सन्दिप, कति छ मूल्य ?

इंग्ल्यान्डको ‘द हन्ड्रेड’ लिगको दोश्रो संस्करणको लागि नेपाली लेग स्पिनर तथा राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेले पनि ड्राफ्टमा नाम दर्ता गरेका छन्।

द हन्ड्रेडको ड्राफ्टमा १६ बिभिन्न देशका २८४ जना इंग्ल्यान्ड बाहिरका खेलाडीहरुले नाम दर्ता गराएका छन्। यस्तै २५० जना इंग्ल्यान्डका घरेलु क्रिकेटर पनि ड्राफ्टमा छन्। ६ अप्रिलमा ड्राफ्ट मार्फत टिमहरुले खेलाडी छनोट गर्नेछन्।

प्रतियोगितामा सहभागी ८ टिमले खेलाडीहरु यस अघिको सिजनकै आधारमा खेलाडीहरु रिटेन गरेका छन् भने कुल ४२ खेलाडीको स्थान खालि छ। गत वर्ष आफ्नो टिममा रहेका खेलाडीलाई टिमले ‘राइट टु म्याच’ को आधारमा टिममा अनुबन्ध गर्न सक्नेछन्।

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ड्राफ्टमा आफ्नो मूल्य ६० हजार युरो अर्थात् करिब ९५ लाख नेपाली रुपैयाँ राखेका छन्। सोहि मूल्यमा सन्दिपसंगै शिमरन हेटमायर, एडेन मारक्रम, एन्डीले फेलुक्वायो, ग्लेन फिलिप्स, केन रिचर्डसन, मिचेल स्यान्टनर, ओडेन स्मिथ, विल योंग, एडम जाम्पा पनि रहेका छन्। सन्दिप ओभलमा अनुबन्ध हुँदा उनको मूल्य एक लाख पाउण्ड थियो।

गत संस्करण पनि सन्दिप ओभल इन्भीन्सीबलबाट द हन्ड्रेड खेल्न छनोट भएता पनि भिसा समस्याका कारण इंग्ल्यान्ड पुगेता पनि त्यहाँबाट नेपाल फर्कनुपरेको थियो। ओभलले सन्दिपलाई यो सिजन रिटेन गरेको छैन।

यो वर्ष जनवरीमा आयोजित अस्ट्रेलियाको बिग ब्यास लिग खेलेपछि सन्दिपले अन्य विदेशी लिग खेलेका छैनन्।

द हन्ड्रेडको ड्राफ्टमा सर्वाधिक मूल्य एक लाख २५ हजार पाउण्डमा बाबर आजम, क्रिस गेल, मिचेल मार्श, सुनिल नारायण, काईरन पोलार्ड, निकोलस पुरन, रब्रेज शाम्सी र डेभिड वार्नरले नाम दर्ता गराएका छन्। यस्तै एक लाख पाउण्डमा शाकिब अल हसन, क्विन्टन डीकक, झाई रिचर्डसन, आन्द्रे रसेल छन्। ७५ हजार पाउण्डमा मोहम्मद आमिर, ड्वेन ब्राभो, आरोन फिंच, इमरान ताहिर, डेभिड मिलर, मुजिब उर् रहमान जस्ता खेलाडी छन्। म्याथु वेड, मार्नस लाबुसेन, मोहम्मद नाबीले आफ्नो मूल्य ५० हजार पाउण्ड राखेका छन्।

द हन्ड्रेड लिगको दोश्रो सिजन ३ अगस्ट देखि ३ सेप्टेम्बरसम्म संचालन हुनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]