बेयरस्टोले आक्रामक ब्याटिंग गर्दा इंग्ल्यान्डको दोश्रो जित

पहिलो एकदिवसीय भन्दा सुधारिएको खेल प्रदर्शन गरेको आयरल्याण्डलाई ४ विकेटले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले तिन एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज १ खेल अगावै २-० ले आफ्नो नाम गरेको छ। दोश्रो जितसंगै विश्वकप सुपर लिग अन्तर्गत इंग्ल्यान्डको २० अंक पुगेको छ।

आइतबार राति रोज बल स्टेडियम साउथह्याम्पटनमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको २१३ रनको लक्ष्य इंग्ल्यान्डले ३२.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।

बेयरस्टोको आक्रामक ब्याटिंग, इंग्ल्यान्डको लागि दोश्रो छिटो अर्धशतक 

इंग्ल्यान्डको लागि ओपनर जोनी बेयरस्टोले आक्रामक ब्याटिंग गर्दै जितमा अहम भूमिका खेले। प्लेयर अफ द म्याच समेत चुनिएका उनले मात्र ४१ बलमा १४ चौका र २ छक्का मद्दतले ८२ रन बनाए। यस क्रममा उनले मात्र २१ बलमा अर्धशतक पुरा गरेका थिए जुन इंग्ल्यान्डको लागि एकदिवसीयमा दोश्रो छिटो अर्धशतक हो। २०१८ मा ओएन मोर्गनले अस्ट्रेलिया बिरुद्ध २१ बलमा अर्धशतक बनाएका थिए जुन इंग्ल्यान्डको लागि सबैभन्दा छिटो अर्धशतक हो।

बेयरस्टोले एकदिवसीयमा ३ हजार रन पनि पुरा गरे। ७२ इनिंगमा उक्त रन पुरा गर्दै बेयरस्टो जोए रुटसंगै ३ हजार रन पुरा गर्ने सबैभन्दा छिटो इंग्ल्यान्ड ब्याट्सम्यान बनेका छन्।


लक्ष्य पछ्याउने क्रममा अर्का ओपनर जेसन रोय खाता नखोली पहिलो ओभरमै आउट भए पछि विकेटकिपर ब्याट्सम्यान बेयरस्टोले जेम्स भिन्ससंग दोश्रो विकेटको लागि ७१ रनको साझेदारी गरेका थिए। भिन्स १६ रन बनाएर आउट भए पछि भने इंग्ल्यान्डले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो। टम बान्टन ( १५ रन ) , बेयरस्टो, कप्तान ओएन मोर्गन र मोइन अलिले लगातार विकेट गुमाउन पुगे। मोर्गन र अलि दुवैलाई १८ औं ओभरमा जोशुवा लिटलले क्याच आउट गराएका थिए।

१३७/६ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई दवावबाट निकाल्दै स्याम बिलिंग्स र डेभिड विलिले सातौँ विकेटको लागि ७९ रनको अविजित साझेदारी गरे र जितसम्म पुर्याए। बिलिंग्सले अविजित ४६ रन ( ६१ बलमा ६ चौका ) तथा विलिले अविजित ४७ रन ( ४६ बलमा ५ चौका र २ छक्का ) बनाए।

आयरल्याण्डको बलिंगमा जोशुवा लिटलले ३ ( १०-३-६०-३ ), कर्टिस क्याम्फरले २ तथा क्रेग योंगले १ विकेट लिए।

यो पनि : अविनाश बोहराको ४ उत्कृस्ट बलिंग प्रदर्शन

आयरल्याण्डको ब्याटिंग 

टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २१२ रन बनाएको थियो।

खराब सुरुवात गर्ने क्रममा ९१ रनमै ६ विकट गुमाएको आयरल्याण्डलाई सातौं नम्बरमा ब्याटिंग गरेका कर्टिस क्याम्फरले उकासेका थिए। पहिलो एकदिवसीयमा अविजित ५९ रन बनाएका दायाँ हाते ब्याट्सम्यानले ६८ रन बनाउदै आयरल्याण्डको योगफल २०० पार गराएका थिए। उनले ८७ बल खेल्दै ८ चौका प्रहार गरे।

यस क्रममा क्याम्फरले सातौँ विकेटको लागि सिमि सिंहसंग ६० रनको तथा आठौँ विकेटको लागि एन्डी म्याकब्राइनसंग ५६ रनको साझेदारी गरेका थिए। सिंगले २५ तथा म्याकब्रायनले २४ रन बनाए। ह्यारी टेक्टरले २८, लोर्कन टकरले २१ रन बनाए।


इंग्ल्यान्डको बलिंगमा लेग स्पिनर आदील रशिदले सर्वाधिक ३ विकेट ( १०-०-३४-३ ) लिए। यस्तै डेभिड विलि ( १०-१-४८-२ ) र सकिब मोहम्मदले ( ९-०-४५-२ ) ले समान २/२ विकेट लिए। रिस टपले र जेम्स भिन्सले १/१ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो एकदिवसीय इंग्ल्यान्डले ६ विकेटले जितेको थियो। अब तेश्रो तथा अन्तिम एकदिवसीय अगस्ट ४ ( मंगलबार ) खेलिने तालिका रहेको छ। यो सिरिज पछि इंग्ल्यान्डले पाकिस्तानसंग अगस्ट ५ देखि तिन वटा टेस्टको सिरिज खेल्नेछ। टेस्ट सिरिज पछि अगस्ट २८ बाट तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज हुनेछ।

धेरैले पढेको :- 

ग्राउन्डस्टाफहरुको पिडामा सन्दिपको मलम, १ लाख रुपैयाँ सहयोग

विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

टेस्ट वरियतामा ब्रडको ७ स्थानको फड्को





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]