ENGvPAK T20 : हफिजको विस्फोटक ब्याटिंग, इंग्ल्यान्डलाई विशाल लक्ष्य

पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्तर्गत जारि तिन टि-२० को सिरिज अन्तर्गत दोश्रो टेस्ट ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा जारि रहेको छ। खेलमा टस जितेर इंग्ल्यान्डले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाउदै इंग्ल्यान्डलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इंग्ल्यान्ड बिरुद्ध टि-२० क्रिकेटमा यो पाकिस्तानले बनाएको सबैभन्दा ठुलो योगफल हो। यस अघि २०१९ मा बनाएको १७३ रन सर्वाधिक योगफल थियो। यस्तै समग्रमा यो पाकिस्तानको टि-२० अन्तर्राष्ट्रियमा सातौँ सर्वाधिक योगफल हो। सबैभन्दा ठुलो योगफल २०५ रन हो जुन पाकिस्तानले २०१८ मा वेस्टइन्डिज बिरुद्ध बनाएको थियो।

आजम र हफिजको अर्धशतक 

राम्रो सुरुवात गरेको पाकिस्तानको लागि कप्तान बाबर आजम र फखर जमानले पहिलो विकेटको लागि ७२ रनको साझेदारी गरे। नवौं ओभरमा आदील रशिदले जमानलाई क्याच आउट गराए। ३६ रन बनाउन उनले २२ बलमा ५ चौका र छक्का प्रहार गरे।

हफिजले ६९ रन तथा आजमले ५६ रन बनाए

जमानको विकेटपछि कप्तान आजमले मोहम्मद हफिजसंग दोश्रो विकेटको लागि ४० रनको साझेदारी गरे। पुनः लेग स्पिनर रशिदले आजमलाई १३ औं ओभरमा क्याच आउट गराएर साझेदारी तोडे। करियरको १४ औं अर्धशतक बनाउने क्रममा आजमले ५६ रन बनाउन ४४ बलमा ७ चौका हिर्काए।

दुवै ओपनर आउट भएपछि टिमका २ अनुभवी खेलाडी हफिज र शोयब मलिकले तेश्रो विकेटको लागि ५० रनको साझेदारी गरे जुन क्रममा हफिजले आक्रामक ब्याटिंग गरे। १४ रन बनाएका मलिकलाई क्रिस जोर्डनले १७ औं ओभरमा क्याच आउट गरे।

३९ वर्षीय दायाँ हाते ब्याट्सम्यान हफिजले एक किनार सम्हालीरहे जुन क्रममा २६ बलमा अर्धशतक पुरा गरे। २० औं ओभरमा विकेट गुमाउनु अघि हफिजले ६९ रन बनाए जुन क्रममा मात्र ३६ बलमा ४ छक्का र ५ चौका प्रहार गरे।

लेग स्पिनर राशिदले २ विकेट लिए

इंग्ल्यान्डको बलिंगमा लेग स्पिनर राशिद खानले ३२ रन खर्चेर सर्वाधिक २ विकेट लिए। क्रिस जोर्डन ( १/४१ ) र टम कुरान ( १/४६ ) ले समान १ विकेट लिए। सकिब मोहम्मद ( ०/३८ ) , मोइन अलि ( ०/१० ) , र लुइस ग्रेगरि ( ०/२२ ) विकेटविहिन रहे।

सिरिज अन्तर्गत पहिलो टि-२० वर्षाले प्रभावित हुँदा नतिजाविहिन रहेको थियो। तेश्रो टि-२० सेप्टेम्बर १ मा खेलिनेछ। यस अघि सम्पन्न तिन टेस्टको सिरिज इंग्ल्यान्डले १-० ले जितेको थियो।

टि-२० अन्तर्राष्ट्रियमा हफिजको २ हजार रन पुरा, मात्र दोश्रो पाकिस्तानी खेलाडी 

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९३ औं खेल खेल्ने क्रममा मोहम्मद हफिजले २ हजार रन पुरा गरेका छन्। उनि शोयब मालिक ( २३३५ ) पछि यो उपलब्धि हाँसिल गर्ने मात्र दोश्रो पाकिस्तानि तथा विश्वका नवौं क्रिकेटर बनेका छन्। हफिजले ९३ खेलमा ८९ इनिंगमा ब्याटिंग गर्दै २ हजार ६१ रन बनाएका छन्। यस क्रममा उनले १२ अर्धशतक प्रहार गरेका छन्।

टि-२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने ब्याट्सम्यानहरु –

१. बिराट कोहली : २,७९४ रन , २. रोहित शर्मा : २,७७३ रन , ३. मार्टिन गुप्टिल : २,५३६ रन , ४. शोयब मलिक : २,३३५ रन , . डेभिड वार्नर : २,२०७ रन , ६. ओएन मोर्गन : २,१५२ रन , ७. ब्रेन्डन म्याकलम : २,१४० , ८. पल स्टरलिंग : २,१२४ रन , ९. मोहम्मद हफिज : २,०६१ , १०. एरोन फिंच : १,९८९

यो पनि पढ्नुस :-

https://wicketnepal.com/3-player-who-plyed-for-csk-rcb-wn20/

https://wicketnepal.com/jamaica-3rd-place-sandeep-2-wckt-wn20/

https://wicketnepal.com/kohli-1st-net-session-after-5-mnth-wn20/

https://wicketnepal.com/2-chennai-player-corona-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/delhi-capitals-player-sams-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy