इंग्ल्याण्डले ३९८ रन बनाउदा रेकर्डको वर्षा, राशिद इतिहासकै महँगो

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत अफगानिस्तानले खराब प्रदर्शनलाई निरन्तरता दिने क्रममा इंग्ल्याण्डसंग लज्जास्पद प्रदर्शन गरेको छ।

ओल्ड ट्रयाफर्ड मैदानमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको विशाल योगफल तयार गरेको छ।

इंग्ल्याण्डको लागि कप्तान ओएन मोर्गनले विस्फोटक इनिंग खेल्दै १४८ रन बनाए। उनले मात्र ७१ बलमा ४ चौका र १७ छक्का प्रहार गरे। यस्तै जोनी बेयरस्टोले ९० ( ९९ बलमा ८ चौका र ३ छक्का ) तथा जोय रुटले ८८ ( ८२ बलमा ५ चौका र १ छक्का ) प्रहार गरे। मोइन अलिले ३१ ( ९ बलमा ४ छक्का र १ चौका ) रन बनाए।

बेयरस्टो र रुटले दोश्रो विकेटको लागि १२० रनको तथा रुट र मोर्गनले तेश्रो विकेटको लागि १८९ रनको साझेदारी गरेका थिए।

अफगानिस्तानको बलिंगमा कप्तान गुल्बदीन नैब ( १०-०-६८-३ ) र दौलत जद्रान  ( १०-०-८५-३ ) ले ३/३ विकेट लिए।

राशिद इतिहासकै महँगो 

निकै महँगो सावित हुने क्रममा राशिद खानले ९ ओभर बलिंग गर्दै ११० रन खर्चिए। विश्वकपमा कुनै पनि बलरको यो सबैभन्दा महाग्नो स्पेल हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको यो इतिहासकै दोश्रो महँगो स्पेल हो। सन् २००६ मा मिचेल लुइसले दक्षिण अफ्रीका बिरुद्ध १० ओभरमा ११३ रन खर्चिएका थिए। वाहब रियाजले १० ओभरमा इंग्ल्याण्ड बिरुद्ध २०१६ मा पनि १० ओभरमा ११० रन खर्चिएका थिए।

सर्वाधिक छक्काको रेकर्ड 

इंग्ल्याण्डको इनिंगमा कुल २५ छक्का प्रहार भएको थियो। एकै इनिंगमा कुनै पनि टिमले प्रहार गरेको यो सबैभन्दा धेरै छक्का हो। यस अघि इंग्ल्याण्डलेनै वेस्ट इन्डिज बिरुद्ध यसै वर्ष २४ छक्का प्रहार गर्दै रेकर्ड बनाएको थियो।

विश्वकप क्रिकेट इतिहासमा समेत कुनै पनि टिमको यो सर्वाधिक छक्का हो। यस अघि सन् २०१५ विश्वकपमा वेस्ट इन्डिजले जिम्बाबे बिरुद्ध १९ छक्का प्रहार गरेको थियो।

Most sixes in a team innings in ODIs
25 Eng v Afg Manchester 2019 *
24 Eng v WI Grenada 2019
23 WI v Eng Bridgetown 2019
22 NZ v WI Queenstown 2014
22 WI v Eng Grenada 2019

धेरै छक्का हान्ने ब्याट्सम्यान 

मोर्गनले १४८ रन बनाउने क्रममा १७ छक्का प्रहार गर्दै एकै इनिंगमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यान बनेका छन्। भारतका रोहित शर्माले अस्ट्रेलिया बिरुद्ध २०१३ मा दोहोरो शतक बनाउने क्रममा १६ छक्का प्रहार गरेका थिए। एबि डी भिल्लियर्सले पनि र क्रिस गेलले पनि १६ वटा छक्का २०१५ मा प्रहार गरेका थिए।

इंग्ल्याण्डको लागि भने यस अघि जोस बटलरले यसै वर्ष वेस्ट इन्डिज बिरुद्ध सर्वाधिक १२ छक्का हिर्काएका थिए। यस्तै विश्वकप क्रिकेट इतिहासमा एकै खेलमा सबैभन्दा धेरै छक्का हान्ने किर्तिमान मोर्गनले बनाएका छन्। क्रिस गेलले २०१५ मा जिम्बाबे बिरुद्ध १६ छक्का प्रहार गरेका थिए।

छिटो शतक 

मोर्गनले ५७ बलमा शतक बनाएका थिए जुन विश्वकप इतिहासकै चौथो छिटो शतक हो। केभिन ओ ब्रायनले सन् २०११ मा इंग्ल्याण्ड बिरुद्ध ५० बलमा शतक बनाएका थिए।

– Fastest 100s in WC
50 K O’Brien v Eng Bengaluru 2011
51 G Maxwell v SL SCG 2015
52 AB de Villiers v WI SCG 2015
57 E MORGAN v Afg Manchester 2019 *
66 M Hayden v SA St Kitts 2007
67 J Davison v WI Centurion 2003

ठुलो साझेदारी 

मोर्गन र रुटले गरेको १८९ रनको साझेदारी इंग्ल्याण्डको लागि विश्वकपमा कुनै पनि विकेटको रुपमा सबैभन्दा ठुलो साझेदारी हो। सन् १९७५ मा क फ्लेचार र डी एमिसले भारत बिरुद्ध १७६ रनको साझेदारी गरेका थिए जुन रेकर्ड बल्ल टुटेको हो। सन् २०१५ विश्वकपमा मोइन अलि र इयान बेलले  १७२ रनको साझेदारी स्कटल्याण्ड बिरुद्ध गरेका थिए।

विश्वकपमा इंग्ल्याण्डको सबैभन्दा ठुलो योगफल 

विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो। यसै विश्वकपमा उसले बंगलादेश बिरुद्ध ३८६ रन बनाएको थियो।

अफगानिस्तान बिरुद्ध सन् २०१५ विश्वकपमा अस्ट्रेलियाले ४१७ रन बनाएर सबैभन्दा ठुलो विश्वकपको योगफल बनाएको थियो। यस्तै भारतले बर्मुडा बिरुद्ध २००७ मा ४१३ रन, दक्षिण अफ्रीकाले आएरल्याण्ड बिरुद्ध २०१५ मा ४११ रन, दक्षिण अफ्रीकाले वेस्ट इन्डिज बिरुद्ध २०१५ मा ४०८ रन तथा श्रीलंकाले केन्या बिरुद्ध १९९६ मा ३९८ रन बनाएको थियो।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]